२०८३ असार १९ गते | 3rd of July 2026

नेवा अर्गनाइजेशन, साउदर्न क्यालिफोर्नियाद्दारा अक्टोवर २० तारीख ‘म्ह पूजा’को आयोजना

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज २४ गते २१:१५

लस एन्जलस । बिभिन्न सामाजिक कार्यक्रमहरुलाई निरन्तरता दिंदै आईरहेको ग्रेटर लस एन्जलस क्षेत्रको उदाहरणीय संस्था नेवा: अर्गनाइजेशन अफ साउदर्न क्यालिफोर्निया च्याप्टरले आउँदो अक्टोबर २० तारिख, शुक्रवार “म्ह पूजा” आयोजना गर्न गईरहेको जानकारी संस्थाका महासचिव बिमल श्रेष्ठले बताएका छन ।

‘ग्रेटर लस एन्जलस क्षेत्र वरपर बसोबास गर्नुहुने सम्पूर्ण महानुभाबहरुलाई यो कार्यक्रममा सहभागी भई “म्ह पूजा” (आफ्नो शरीर तथा आत्माको गरिने पूजा)मा उपस्थित हुनुहुनका लागि संस्क्रितीप्रेमीहरु सबैलाई हार्दिक निमंत्रणा गर्दछौं’ महासचिव श्रेष्ठले पठाउनुभएको सुचनामा जनाईएको छ ।

तारा हिमाललयन रेस्टुरेन्ट, आर्टेसियामा सांझ ६:३० बजेदेखी रातको १०:०० बजेसम्म उक्त कार्यक्रमको आयोजना गरिने महासचिव श्रेष्ठले जनाउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *