बाल्टिमोर, अमेरिका । गुल्मी श्रीङ्गा, हाल परिवार काठमाडौं शँखमुलमा रहेका, एक होनाहार विद्यार्थी प्रसिद्ध कँडेलले अमेरिकाको बाल्टिमोरमा आत्महत्या गरेका छन । अमेरिकाको बाल्टिमोरमा २३ बर्षीय नेपाली विद्यार्थी कँडेलले आफु बस्ने घरको लन्ड्री रुममा झुन्डिएर आत्महत्या गरेको पुस्टि भैसकेको छ । १५ महिना अगाडि विद्यार्थी भिसामा अमेरिका आएका उनी काठमाडौं शंखमुल निवासी समाजसेबी चेतनाथ कंडेलका सुपुत्र हुन । कँडेलले डिप्रेशनका कारण आत्महत्या हुन सक्ने बुझिएकोछ । प्रहरीले अनुसन्धान गरी आत्महत्या भएको पुस्टि भैसकेको र उनको शव हाल MAC NABB FUNERAL HOME बाल्टिमोरमा राखिएको छ । दाह सँस्कार के कसरी गर्ने भन्ने सन्दर्भमा पारिबारिक सरसल्लाह हुँदैछ ।![](https://1.bp.blogspot.com/-AYgrIsteF98/Wd4liNtXs1I/AAAAAAAAw98/QXAnUn_ekjIZ9kqRs7Z7Cd9OB3iSLeDhwCLcBGAs/s640/1493379_10152403962681912_6230114268829286749_o.jpg)
दुई छोरामध्ये जेठा प्रसिद्ध कँडेल १५ महिना अगाडि अलाबामाको विश्वविद्यालयमा अध्ययनका लागि अमेरिका आएका थिए । ८ महिना अगाडि उनले बाल्टिमोरमा कलेज ट्रान्सफर गरेका थिए । उनी अप्रिलदेखि बाल्टिमोरको सीसीबीसी कलेजमा अध्ययनरत थिए । काठमाडौंको चेल्सी एकेडेमीमा पढेका कँडेल जेहेन्दार र तेजिला विद्यार्थी थिए भने उनी ठुली आमाकी छोरी अर्थात दिदी र भिनाजु त्यहा भएकाले बाल्टिमोर सरेको बुझिएको छ ।
![](https://1.bp.blogspot.com/-7vS0z8xpjos/Wd4liJHLsbI/AAAAAAAAw9w/lppaQhjw7IQNEOs8d95lSsl09ZNoDCxUQCLcBGAs/s640/13767191_10208605443806280_1837327433259000151_o.jpg)
सहयोगका लागि स्वर्गीय प्रसिद्धका भिनाजु सुजन भण्डारीको संपर्क नम्बर : 410-236-1302 वा 443-454-0469 मा संपर्क सहयोग गर्न समाजसेवी रामप्रसाद खनालले अनुरोध गर्नुभएको छ ।
![](https://3.bp.blogspot.com/-YUhTcBab5Mo/Wd4lhx7LKkI/AAAAAAAAw9s/GRadQtkjlWskRbuj5nPm6V69g3t7paX2ACLcBGAs/s640/13654190_131362280630438_5576749002246970281_n.jpg)
स्रोत : रामप्रसाद खनाल/नेपालमदर डट कम