२०८१ साउन ११ गते | 26th of July 2024

गौचनको हत्यारालाई चाँडो खोजी कारबाही गर्न व्यवसायीको माग

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज २९ गते ४:३७

काठमाडौँ, २९ असोज । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याराको हत्यारालाई चाँडो खोजी गर्न सरकारसँग माग गरिएको छ ।
नेपाल व्यापार संघले दशैँ, तिहार, छठ, नेपाल सम्बत्को पर्वको अवसरमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा राजेशकाजी श्रेष्ठले नेपालका व्यवसायीहरु असुरक्षित हुँदै गएको भन्दै गौचन हत्याका दोषीलाई चाँडो खोजी कारबाही गर्नुपर्ने बताएका हुन । “गौचनको हत्यासँगै नेपालको व्यापार क्षेत्र असुरक्षित हुँदै गएको छ,”–अध्यक्ष श्रेष्ठले भने ।

नेपाल व्यापार संघका अध्यक्ष कुमार कार्कीले सरकारले व्यवसायीको सुरक्षा गर्नुपर्ने बताए । अध्यक्ष कार्कीले व्यापारीको हक अधिकारका लागि सबै व्यवसायी मित्रहरु एक हुनुपर्ने बेला आएको बताए । कार्यक्रममा एकले अर्कालाई पुष्पगुच्छा दिई शुभकामना आदानप्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *