काठमाडौ ३ कात्र्तिक । टिकट फाइनल भैसकेका ओखलढुंगाका प्रदेश क मा नेपाली कांग्रेसका उम्मेदवार लिलाबल्दव दाहाल काको टिकट खोसिएको छ । विहिबार साँझ प्रदेश क को लागि दाहालको नााम फाइनल भएको र शुक्रबार ११ बजे टिकट लिन बोलाइ ४ बजेसम्म ढोकामा कुराइ अन्त्यमा मित्रसेन दाहाललाई टिकट दिइएको छ । यसरी टिकट वितरणमा धाधली भएपछि ओखलढुंगाका अधिकांश नेताहरुले सामुहिक राजिनामा दिएका छन । रिपोटर्स क्लबमा पत्रकार सम्मेलनको आयोजना गरी सामुहिक राजिनामा गरेका हुन ।
ओखलढुंगाका लागि कांग्रेसले केन्द्रमा रामहरी खतिवडा प्रदेश क मा लिला बल्दव दाहाल र प्रदेश ख मा प्रदीपकुमार सुनुवारलाई फाइनल गरी शुक्रबार ११ बजे टिकट लिनका लागि बोलाइए पनि प्रदेश क बाट लिला बल्दव दाहालको नाम काटेर मित्रसेन दाहाललाई टिकट वितरण गरिएपछि विवाद सुरु भएको छ ।
त्यसैगरी प्रदेश ख मा प्रदीप सुनुवारलाई टिकट दिएपछि प्रदेश ख का अन्य नेताहरुले समेत असन्तुष्ट जनाएका छन । यसरी टिकट वितरणमा अन्याय भएपछि प्रदेश क र ख का दुवै क्षेत्रका नेता तथा कार्यकर्ता विद्रोह गर्ने भन्दै सामुहिक राजिनामा दिएका छ ।
सामिहिक राजिनामा दिने हरुमा बालकृष्ण दाहाल , कुमार लुइटेल, बाला अधिकारी, ज्ञानेन्द्र रुम्दाली, अजय लुइटेल, लेखबहादुर राइ, कमल तामाङ, लिला बल्दव दाहाल ठाकुर प्रसाद गौतम, दुर्गाप्रसाद भट्टराई, होम बहाददुर सुवेदी, शान्तिराज खड्का, रामजी बास्तोला, राममणी राई, सीताराम श्रेष्ठ, दुर्योधन गिरी, कृष्ण प्रसाद गिरी, केशवबाबु खतिवडा, गोविन्द गिरी, भीमप्रसाद बराल, पुष्पराज राई, तुलसीराम दाहाल, विनोद निरौला, घनश्याम घिमिरे, जीवन धमला, भीमबहादुर मगर, केशव लुइटेल जितेन्द्रबहादुर कार्की लगायतका नेता तथा कार्यकर्ताहरुले सामुहिक राजिनामा दिएका हुन।