सागर श्रेष्ठ /सान- फ्रान्सिस्को – गत हप्ता नर्दर्न क्यालिफोर्निया राज्यमा लागेको भीषण आगलागीबाट सान-फ्रान्सिस्को क्षेत्रमा ठुलो जनधनको क्षती हुन पुग्यो । अनियन्त्रित आगोले नर्दर्न क्यालिफोर्नियाका हजारौंका उठिवास लागे । आगलागीबाट नेपाली समुदायपनि प्रभावित भएका समाचारहरु आएका छन ।
आगलागी प्रभावित नेपाली समुदायका सदस्यहरुलाई सहयोग गरिएका खबरहरु भने त्यती आएका छैनन । प्रवासी नेपाली अमेरिकी समुदायको ठुलो शक्ती रहेको नर्दर्न क्यालिफोर्नियाका सामाजिक संस्थाहरु लगायत लस एन्जलस र अमेरिकाभर सकृय रहेका भनिएका सामाजिक संस्थाहरुले सहयोगका लागि तत्परता नदेखाउनु दु:खको कुरा छदैंछ ।
यसैविच नेपाली राजदुतावास, अमेरिका र क्यालिफोर्निया महावाणिज्यदुतावासले प्रभावित नेपाली समुदायका सदस्यहरुका हितका लागि भबितब्यमा परेर ‘राहदानी, नागरिकता लगायतका महत्वपूर्ण कागजातहरु गुमेका छन भने डि सी अवस्थित नेपाली राजादुतावास वा लस एन्जलस अवस्थित महावाणिज्यदुतावासमा संपर्क गरी आबश्यक सहयोग लिन सकिने’ कुरा महावाणिज्यदुत ॠषि ढकालले जनाउनुभएको छ ।

कागजी सहयोगका लागि संपर्क नम्बर :
चक्र सुवेदी : (202) 897 – 9960) : (द्दितिय सचिव, नेपाली दुतावास, वाशिङ्टन डि सी) र
ॠषि ढकाल : (626) 320 – 2437 : (महावाणिज्यदुत, लस एन्जलस, क्यालिफोर्निया) ।
यसैबिच एनआरएन अमेरिकाकी उपाध्यक्ष तथा एनआरएन हेल्प डेस्क्की सभापती उमा कार्की थापाले पनि प्रभावित नेपालीहरुको सहयोगको लागि पहल गरिरहेको जनाउनुभएको छ ।