निदेश अधिकारी
भर्जिनिया, अमेरिका ।
नेपाल अमेरिका पत्रकार संघ ( नेजा ) भित्र एउटा यस्तो झुण्ड छ जस्ले बर्तमान कार्य समितिलाई नालायक साबित गर्न बर्तमान नेजाका हरेक क्रियाकलापहरुमा भाजो हाल्ने काम गर्दैआईरहेको छ । हातलागि सुन्य भएपनि यो झुण्ड यसरि नै दिनरात लागिरहेको हुन्छ । नयाँ कार्यसमितिले कार्यभार सम्हालेको पहिलो दिनबाटै नकारात्मक प्रचारबाजी गर्दै आफ्नो बचेखुचेको सामाजिक प्रतिष्ठाको धज्जि उडाउदै आएको यो तत्वको न त कुनै पत्रकारितामा भुल्नै नसकिने योगदान नै छ ,न त पत्रकारिताको अध्ययन न त भुल्नै नसकिने सामाजिक हैसियत नै । कहिले साधारण सभामा सांस्कृतिक कार्यक्रम गर्नु हुन्न भन्दै त कहिले पत्रकारितासित सम्बन्धित बिषयमा मात्रै पुरस्कार किन ? भन्ने हास्यास्प्रद प्रश्न उठाउदै यो ४/५ जनाको झुण्ड निरन्तर लागिरहेछ । यति मात्र हैन कुनै समाजसेबी संस्थाले दिएको पैसाले नेजाले कहिले सम्म पुरस्कार बाढ्ने सम्मका जग हसाउने अभिब्यक्ति दिन पछि पर्दैन यो तत्व । यति साधारण कुरा त कमसेकम बुझ्नुपर्ने हो कि पहिले नेजाले दिदै आएको ग्रामिण पत्रकारिता पुरुस्कार शेखर ढुंगेलबाट प्रायोजित थियो त्यो अघिल्लै कार्यकालमा स्थगित गरिएको हो । सबैले बुझेकै कुरा हो २०१२ सालमा सुरु गरिएको मदन पुरुस्कार पनि गुठिले दिएकै पैसा ले निरन्तरता पाएको हो । नेजाले संस्था या फाउन्डेसनले दिएको रकम लिएर पुरस्कार बितरण गर्नु हुदैन भन्ने बेतुकको भडुवा प्रबृतिलेनै भर्खर भर्खर ब्याबसाहिक पत्रकारितामा बामे सर्दै गरेको नेपाली अमेरिकन पत्रकारितालाई फेरि उहि बेलाको अबस्थामा धकेल्ने कुचेष्ठा गर्दैछ ।
स्मरण रहोस् यो तत्व नै हो जस्ले अघिल्लो नेजाको बन्द शत्रमा संस्थापक अध्यक्ष गिरिश पोखरेललाई माईकले हानियो भन्ने सम्मको गलत प्रचारबाजि गर्दै अध्यक्ष जस्तो मर्यादित पदको नराम्ररि धज्जी उडाउने प्रयास गरेको थियो । भलै त्यो घटना माईक लिएर बोल्दै गरेका नेजाका साधारण सदस्य मात्रै रहेका ब्यक्तिले अलि लामो बोलेका कारण स्वयम अध्यक्ष पोखरेलले बलजफ्ति खोस्न खोजेका थिए , पछि आत्मालोचना गर्दै आफ्नो गल्ति भएको स्बिकार्रेका थिए । तत्पश्चात लगत्तै सबै सदस्यले पोखरेलको आत्मालोचनाको सम्मान गर्दै तालीले स्वागत समेत गरेको थियो ।
नेजाले पारदर्शि पुरस्कार बितरण र ब्याबस्थापन प्रकृयालाई कसरि चुष्त दुरुष्त बनाउने भन्ने बारेको आबस्यक गृहकार्य , परामर्श र छलफल समेत गरिसकिएको जानकारि हामीलाई प्राप्त भएको छ । नेजा सामुदायिक पत्रकारिता पुरस्कार हरेक दुईवर्षमा एक पटक साधारण सभामा घोषणा गरिने भएको हो । एक लाख एघार हजार एर सय एघार रुपैयाँ रासि रहेको उक्त पुरस्कार आगामि मे महिनाको ६/७ मा वासिंगटन डिसीमा आयोजना हुन गईरहेको नेजाको ११ औ साधारण सभामा घोषणा गरिने भएको हो । उक्त पुरस्कारकालागि आवेदन खुला भैसकेको र आगामि अप्रिल २५ तारिखसम्म नेजाको अफिसियल इमेल ठेगानामा आवेदन पठाईसक्नुपर्ने जानकारि दिईएको छ । छनोट समितिमा पत्रकारिताको लामो अध्ययन र योगदान रहेका राजेश मिश्र , कमला थापा तथा संजय धिमिरे रहने भएका छन् । आवेदकले सन् २०१६ भित्रमा प्रकाशित वा प्रसारित आफ्ना तीन उत्कृष्ट समाचार, अनुसन्धानात्मक लेख वा समाचारमूलक कार्यक्रम पेश गर्नुपर्नेछ। नेजाले सामुदायिक पत्रकारिता पुरस्कार नामक दोस्रो पुरस्कारको स्थापना गरेको विज्ञप्तिमार्फत जनाईसकेको अबस्थामा अट्को थाप्ने घृणित र असामाजिक अमर्यादित काम कसैले नगर्न र यस्ता तत्वको प्रभावमा नपरि आबेदन पठाउन नेजाले आग्रह गरेको छ ।
एउटा नेपाली पत्रकारलाई अमेरिकामा ब्याबसाहिक पत्रकारिता गर्न एकदमै गार्हो भईरहेको परिप्रेक्षमा यस्ता हौसला दिने कार्यक्रमहरुले सम्पुर्ण नेपालीलाई सुचना सित नजिक राख्दै पत्रकारको ब्याबसाहिक यात्रा अगाडि बढाउन टेवा दिनेछ भन्ने कामना गरौ ।