गोकुल ढकाल
लस एन्जलस, अमेरिका ।
बिगत बर्षहरु जस्तै यसपाली पनि ग्रेटर लस एन्जलस क्षेत्रमा दिपावलीको अवसर पारेर देउसी कार्यक्रम सम्पन्न भएको छ । श्रीपशुपतिनाथ फाउन्डेशन, युएसए, लस एन्जलसको आयोजनामा सम्पन्न भएको देउसी कार्यक्रम – २०१७ मा बिभिन्न संघ-संस्थाका पदाधिकारीहरु तथा लस एन्जलस क्षेत्रमा बसोवास गर्ने नेपाली समुदायका सदस्यहरुको सहभागीता रहेको थियो ।
अन्तरराष्ट्रिय साहित्य समाज, लस एन्जलस च्याप्टरका सभापती तथा फाउन्डेशनका सदस्य डन-तुलसा कार्कीको आयोजनामा स्थानिय आर्टेसिया नगरमा अवस्थित उहांहरुकै निवासमा आयोजित कार्यक्रममा करिब ४,००० (चार हजार) डलर रकम संकलन भएको छ । लस एन्जलस क्षेत्रमा मन्दिर स्थापना गरिसकी उद्घाटनको अन्तिम संघारमा रहेको फाउन्डेशनको सहयोगार्थ आयोजित कार्यक्रम बिबिध कारणले यस पटक चाँहीं कार्की निवासमा मात्र आयोजना गरेर समापन भएको छ ।![Image may contain: 5 people, people standing and indoor](https://scontent-dft4-3.xx.fbcdn.net/v/t1.0-9/22519647_10210717583911834_7901104889866948499_n.jpg?oh=11ed5b18925436ce7debcc04ba2b6a60&oe=5A7E7FA8)
मदन त्रिपाठी, शुशिला पाण्डे, प्रकाश पाण्डे, गोकुल ढकाल लगायत स्थानियहरुद्दारा गाईएको देउसीमा सिर्जना भन्डारीले आफ्नो नाच प्रस्तुत गर्नुभएको थियो । अमित लुइंटेलको सांगितिक ब्यबस्थापनमा सम्पन्न कार्यक्रमको संचालन फाउन्डेशनका सचिव रामेश्वर भन्डारीले गर्नुभएको थियो भने संस्थाका अध्यक्ष भक्त थापा र महावाणिज्यदुत ॠषि ढकालले देउसी कार्यक्रमलाई बिबिध तवरले सहयोग गर्नुहुनेहरुलाई संयुक्त रुपमा प्रशंशा-पत्र प्रदान गराउनुभएको थियो ।![Image may contain: 7 people, people smiling, people standing](https://scontent-dft4-3.xx.fbcdn.net/v/t1.0-9/22519614_10210717583951835_2485896885264179899_n.jpg?oh=d9290d69d22dc2efe300e8109c0829b5&oe=5A83931E)
![Image may contain: 6 people, people standing](https://scontent-dft4-3.xx.fbcdn.net/v/t1.0-9/22528414_10210717584511849_1723502137639483963_n.jpg?oh=b53330935cb41d28b3b9f180923f2660&oe=5A744F28)
![Image may contain: 8 people, people smiling, people eating and people standing](https://scontent-dft4-3.xx.fbcdn.net/v/t1.0-9/22549705_10210717584911859_922870537306500038_n.jpg?oh=fc7bad564844c2cd0eff42c71be3c675&oe=5A734C42)
किन आउंदैनन मान्छे ?
यात्रा गर्दा टन्टलापुर घाममा पाईने चौतारी र प्रवासमा पसिना बगाएर बचेँको समयमा भरसक चाड पर्वमा सबैजना एउटै सामुदायिक छानोमा भेट हुनुको महत्व र आनन्द अर्कै हुन्छ । गन्तब्य एउटै भएपनी फरक फरक उद्देश्यले प्रवासमा दिनानुदिन संस्थाहरु जन्मेका छन । लस एन्जसल पनि अमेरिकामा धेरै संघ-संस्था जन्माउने ‘नेपालीहरुको थालो’मा गनिन्छ, भलै हरेक संस्थाहरुका आ-आफ्ना लाइन हुन्छन ।
लस एन्जलस क्षेत्रमा बिगत पांच-छ बर्षदेखी मनाईदै आईरहिएको बिशेष गरी देउसी कार्यक्रममा सहभागीता र चाख कम रहेको कुरो सत्य हो । तर ३२-३३ जनाको जम्बो फाउन्डेशनको कार्यक्रममा मुश्किलले ७ जना उपस्थित हुनु भनेको चाँहीं लाजमर्दो हो । भिन्न भिन्न बिचार, समय, ब्यस्तता र परिबन्दले त सबैलाई बेरेकै हुन्छ नि, र पनि ठुला ठुला अभियानका बखान गाउने र आफुलाई ‘अभियान्ता’ ठान्ने समाजले बुझेका मान्छेहरुको प्रत्यक्ष या अप्रत्यक्ष सहयोग, अांट र विश्वाशको कमिको रोगले न लस एन्जलस समाज बन्छ । न त, महान उद्देश्य लिएर जन्मेका प्रवासका अन्य संस्थाहरुले नै फड्को मार्छन् ।
छिपेका, प्रचारमा आउन नचाहने धेरै कलाकार होलान, लस एन्जलसमा । देउसी जस्ता सांस्कृतिक कार्यक्रममा तिनका सहभागीता कि त अर्थसंग जोडीएको हुन्छ कि महान प्रचारको आशामा । होईन भने ‘थोत्रो घांटीहरुले भट्टाईएका देउसी गीत, जानी नजानी भ्यात भ्यात बजेका मादल र संस्कार बचाउन भनेर सकी नसकी थाकेका हातले माधुर्यता ल्याउन बजेका थपडीहरुलाई स्यावासी दिन तयार हुनुपर्छ, यो समाज ।
ब्यक्तिहरु कसैलाई मन नपर्लान । तर संस्था र त्यो संस्थाले ठड्याएको हिन्दू र बुद्धको मुर्तीलाई धार्ने हात लागाएर के हुन्छ, के पाईन्छ ? जानेका बुझेका ‘कलाकारहरु’ मन्दिरले कुचो र गुन्द्री किन्न आयोजना गरेको कार्यक्रमबाट तनखाको आशा गर्ने । नजानेकाहरुले बलजफ्ती गाएका या बजाएका चिजहरुलाई अतिरन्जित गरेर कोही समाजसेवी हुन सक्दैनन । तिनले भोली कतै लड्ने पदमा बनाउने फ्लायरमा ‘फलानो संस्थामा यो ? गरेको’ भनेर ५० रुपैयां तिरेर ब्यानर नरंगाए हुन्छ ।
फलानाले पिएर गायो, बलजफ्ती पैसा माग्यो भन्ने जस्ता भ्रामात्मक हल्लाले पनि एउटा चाबी किन्ने पैसा दान दिन रुची भएका मान्छेहरु भड्किए । कसैले खल्ती नै च्यातेर माग्ने नाममा पर्स त खोस्दैन । फेरी भैलोमा गाउने, बजाउने कुन चाँही सहभागीले भैलोको पैसाले नयाँ कमिज किनेको छ, कसले छोरालाई अैइसक्रिम किनेको छ वा परिवार पाल्न बास्मती चामलको बोरा घिसारेको छ ?
यति हुंदा-हुंदै पनि आफ्नो ब्यस्तताका बाबजुद यसपाली धेरै हितैशीहरु सहभागी बनिदिनुभो, लस एन्जलसमा । धेरै संस्थाका अग्रज, प्रमुख र पधाधिकारीहरु आउनुभयो । खुशी हुनुभयो भन्ने लाग्छ । बरु उहांहरुले फाउन्डेशनका अनुपास्थित पदाधिकारीहरुलाई मन मनै के भन्नु भयो होला ? खैर, धेरै ठाउँंमा कार्यक्रम गरेर मात्रै संस्था ठुलो हुने होइन । त्यसको जीवन सार्थक हुन्छ, जो घिटी घिटी पनि प्राण धान्छ । फाउन्डेशनले सांस्कृतिक प्राण धानेको छ, खुलेआम बधाई छ ।
![Image may contain: 5 people, people smiling, people sitting](https://scontent-dft4-3.xx.fbcdn.net/v/t1.0-9/22549778_10210717585951885_3270523054198624805_n.jpg?oh=bb8ac829965947b7937a5473a4786f1f&oe=5A701923)
![Image may contain: 4 people, people smiling, people sitting, food and indoor](https://scontent-dft4-3.xx.fbcdn.net/v/t1.0-9/22519470_10210717586471898_5442300028337058454_n.jpg?oh=664e69fb7765bf807f5379c630dd893d&oe=5A618F7A)
![Image may contain: 3 people, people standing](https://scontent-dft4-3.xx.fbcdn.net/v/t1.0-9/22519567_10210717586591901_6521589381616353850_n.jpg?oh=23262ac7ef744ca7ddff74737dbda79a&oe=5A6C6695)
तस्वीर : सन्तोष न्यौपाने