२०८१ वैशाख १८ गते | 30th of April 2024

सोमबार बसेको मन्त्रीपरिषदले गरेका निर्णय हेर्नुस यसप्रकार छन

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक ६ गते १६:२६

काठमाडौं ६ कात्तिक । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गृहसचिव लोकदर्शन रेग्मीलाई मुख्य सचिवमा नियुक्त गरेको छ। मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले मंगलबार उमेर हदका कारण अनिवार्य अवकाश पाउने भएपछि रेग्मीलाई मुख्य सचिवमा बढुवा गरिएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए।

त्यसैगरी बैठकले सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा पूर्व अर्थसचिव युवराज भुसाललाई नियुक्त गरेको छ। डा। गोविन्दराज पोखरेलले पदबाट दिएको राजीनामा स्विकृत गर्दै मन्त्रीपरिषद् बैठकले सो पदमा पूर्व अर्थसचिव भुसाललाई नियुक्त गर्ने निर्णय गरेको हो। यस्तै प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव शंकरप्रसाद अधिकारीलाई अर्थ मन्त्रालयको सचिवमा सरुवा गरिएको छ। त्यसैगरी प्रधानमन्त्री कार्यालयका अर्का सचिव ङइन्द्रप्रसाद उपाध्यायलाई लोक सेवा आयोगको सचिवमा सरुवा गरिएको छ।

क्षेत्रीय प्रशासन कार्यालय हेटौंडाका रेश्मीराज पाण्डेलाई सामान्य प्रशासन मन्त्रालयको सचिव, वन मन्त्रालयका सचिव प्रकाश माथेमालाई पशुपंक्षी मन्त्रालयको सचिवमा सरुवा गरिएको छ। पशुपंक्षी मन्त्रालयका सचिव युवकध्वज जिसीलाई वन मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ । मन्त्रिपरिषद बैठकले विष्णु ओमबादेलाई सचिवमा बढुवा पनि गरेको छ। सरकारले विश्व बैंकबाट करिब ८० मिलियन डलर अनुदान लिन वार्ता टोली गठन गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ।

मन्त्रिपरिषद् बैठकले निर्वाचनको पर्यवेक्षकका लागि यूरोपेली युनियनसँगको सम्झदारी पत्रमा हस्ताक्षर गर्ने निर्णय पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *