काठमान्डौं । निकै लामो प्रतीक्षा पछि नेपाली सिने जगतमा साहित्यिक कृतिमा आधारित रहेर आर्या चलचित्र निर्माण हुँदैछ । श्री तिमिल्सिना फिल्म प्रडक्सनको ब्यानरमा निर्माणाधिन ” आर्या ” चलचित्रको मुख्य कलाकारहरुको समुपस्थितिमा गोकर्ण रिसोर्टमा आज शुभ पुजन सप्पन्न भएको छ।
![Image may contain: one or more people and food](https://scontent-sjc2-1.xx.fbcdn.net/v/t1.0-9/22688399_10154871298371994_2813342726794489238_n.jpg?oh=2b724bad848755215ad4a23861fad586&oe=5A6934E7)
उपन्यासकार लक्ष्मण सिटौलाको ” आर्या ” उपन्यासलाई सजिवीकरण गर्दैछन निर्देशक उपेन्द्र तिमील्सिनाले । नेपाली नारीमाथि राणा कालमा भएको यौन शोषण र ज्यादतीको पक्षलाई अति सुक्ष्म ढंगले अभिव्यक्ति दिने काम गर्नेछ यो चलचित्रले । अविरल बग्दछ इन्द्रावतीका जल्दाबल्दा कलाकार ” शोबिते” नाम बाट चिनिने एक पात्र आज आफ्नै सोलो निर्देशनमा ” आर्या ” लिएर डेब्यु गर्दैछन। थुप्रै नेपाली चलचित्रमा सहनिर्देशक भएर काम गरिसक्नुभएका निर्देशक उपेन्द्रे तिमिल्सिनाले यो चलचित्रमा आफ्ना कार्यकौशलताको अधिकतम उपयोग गर्दैछन। चलचित्रमा उपन्यासकारले देखेको कल्पनालाइ जीवन्तता दिनु मेरो कर्तव्य हुन आउने कुरा उहाँले शुभ मुहुर्तको एक अन्तर्वार्तामा बताउनु भयो।![Image may contain: 11 people, people smiling, people standing, tree, outdoor and nature](https://scontent-sjc2-1.xx.fbcdn.net/v/t1.0-9/22730234_10154871298711994_1798475007770172396_n.jpg?oh=57fe097615a7f70e14e772060117b238&oe=5A710EA6)
आर्या उपन्यास बाट चलचित्र निर्माण हुँदै छ र यो उपन्यासमाथी त्रिभुवन बिश्वबिधालय डिग्री लेभलमा थेसिस भइ अ्मेरिका बाट अग्रेजीमा समेत प्रकाशन हुदैछ । र उपन्यास उल्था गर्ने काम कमला रानाले गर्नुभएको थियो ।
हिजोआज बनिरहेका सिनेमाको कथाबस्तु फितलो र गम्भीर नहुने आरोप खेपिरहेको नेपाली चलचित्र उद्योगमा एउटा गम्भीर र संबेदनशील कथाबस्तु बोकेर चलचित्र ल्याउने जमर्को गर्दैछन प्रोडुसर श्री धर्मराज श्रेष्ठले । सामाजिक अभियन्ताका रूपमा परिचित अमेरिका निवासी श्री श्रेष्ठले आफ्नो सेवाको आदि थलोलाइ नेपाल नै चुनेका छन । कुनैबेला नेपाली सरकारी सेवाको जि सि अ भएर काम गरेका धर्मजीले “आर्या” लाइ आफ्नो एउटा Dream project को रूपमा लिएका छन।
![No automatic alt text available.](https://scontent-sjc2-1.xx.fbcdn.net/v/t1.0-9/21687645_10154795606846994_3049237048263670829_n.jpg?oh=f2b9becf2987d4abfbeda368ccf7225f&oe=5A668066)
बिषय बस्तु सामाजिक , नारी यौन मनोदशा र कारुणिकतामा चलचित्र उभिदैछ । बनिरहेका चलचित्रको तातिमा अब्बल दर्जाको बिषय बस्तुको उठान भएको र कसैले पनि नभनेको नउतारेको, भन्ने साहास नगरेको , राणा कालखण्डको एउटा अब्यक्त कमजोरीको बल्ल पाटाे अब खुल्दैछ ।
नेपालमा अझैसम्म पनि नारीहरु यौन शोषण बाट मुक्त हुन सकेका छैनन।अझै पनि गाउँघर बाट अभिजात्य बर्गले कलीला चेलीबेटी शहरमा ल्याएर फरक ढंगले यौनदासी बनाइरहेका छन, यो कर्तुतको अन्त हुनुपर्छ भन्ने दरो आवाज लिएर आउदै छ चलचित्र आर्या ।
चलचित्र :- आर्या
निर्देशन :- उपेन्द्र तिमिल्सिना
प्रोडुसर:- धर्मराज श्रेष्ठ
लेखन/ गीत:- लक्ष्मण सिटौला
सङीत:- राम सिटौला
छायांकन : दिब्य राज सुबेदी
मुख्य कलाकार : शिल्पा पोखरेल,
अनुप बिक्रम शाही,
रबि गिरी,
सुशील पोखरेल,
गीता अधिकारी,
निरन्जन शर्मा आदि ।