२०८१ पुष २८ गते | 12th of January 2025

प्रहरी महानिरीक्षक अर्याल विरुद्ध सर्वोच्च अदालतमा मुद्दा

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक ७ गते १३:२९

काठमाडौं ७ कात्तिक । प्रहरी महानिरीक्षक प्रकाश अर्याल विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । अदालतको आदेशलाई कार्यन्वायन नगरी आलटाल गर्न खोजेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मंगलबार अवहेलना सम्बन्धि मुद्दामा सर्वोच्च अदालतमा रिट दायर गरेका हुन । पेश गरेको रिटमा ज्यान मुद्दामा सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्न सर्वोच्च अदालतले दिएको वारेन्ट नोटिसको आदेश पालना नगरेको भन्दै अर्यालविरुद्ध अवहेलना मुद्दा दर्ता गरेका हुन्।
सर्वोच्चले सातदिन भित्र ढुंगलेलाई पक्राउ गर्नु भनि दिएको आदेश कार्यान्वन नगरेकोले अर्याललाई न्याय प्रशासन ऐन २०७३ को दफा १७ बमोजिम १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना गर्न त्रिपाठीले रिटमा माग गरेका छन्। ढुंगेललाई पक्राउ गर्न प्रहरीले विशेष कार्यदल गठन गर्नुपर्ने, सो कार्यदलले पक्राउ गर्न गरेका प्रयासको प्रत्येक २४ घण्टामा अदालतलाई जानकारी दिनुपर्ने र ढुंगेलको पक्राउ सम्बन्धि प्रकृयालाई सुपरिवेक्षण गर्न सर्वोच्च अदालतमा एउटा विशेष संयन्त्र निर्माण गर्न माग गरिएको छ । अर्याल विरुद्धको मुद्दाको सुनुवाई बुधबारबाट हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *