प्रवासमा नेपाली कला संस्कृतको जगेर्ना गर्दै भावी पुस्तालाई समेत आफ्नो संस्कृति प्रति सु-सूचित गराउने उद्द्देस्यका साथ संस्थाको स्थापना देखि नै म्हः पूजाको आयोजना गर्दै आइरहेको संस्थाका महासचिव बिमल श्रेष्ठले बताउनु भयो । अमेरिकामा दसैँ,तिहार, दीपावली, बुद्ध जयन्ती जस्ता कार्यक्रमहरू सम्पूर्ण नेपालीहरूले सामूहिक रूपमा गरेको देख्न पाउँदा खुसीको अनुभूति आएको प्रतिक्रिया सभागीहरुले दिइरहेका थिए ।
स्थापना देखि लस एन्जल्समा धर्म संस्कृति जोगाउने यस कार्यक्रम गर्दै आइरहेको संस्थाले यस बाहेक रक्तदान, यमरी पूजा लगायतका कार्यक्रम समेत गर्दै आएको छ । कार्यक्रममा नेवारी खानाको समेत व्यवस्था गर्दा अमेरिकामा बसेर पनि नेपालको नेवारी भोजमा बसेको अनुभूति गर्न पाउँदा आफुहरुलाई सारै खुसी लागेको सहभागीहरुले बताइरहेका थिए ।