२०८१ वैशाख १९ गते | 1st of May 2024

सोलुखुम्बुको वामगठबन्धनलाई धक्का, शर्माले लिएनन उम्मेदवारी फिर्ता

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक ८ गते १४:०५

 

काठमाडौं ८ कात्र्तिक । सोलुखुम्बुमा बाम गठबन्धनलाई धक्का लागेको छ । प्रदेश सभा निर्वाचन क्षेत्र क बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका एमाले जिल्ला नेता लोचनकुमार शर्माले उम्मेदवारी फिर्ता नगरेपछि बामगठबन्धनलाई धक्का लागेको छ । उम्मेदवारी फिर्ता नगरेपछि अब शर्माले स्वतन्त्र हैसियतमा प्रदेश सभा चुनाव लड्ने भएका छन्। लामो समय आफ्नो उर्जाशील समय र जीवन पार्टीमा खर्चदा पनि पार्टीले उचित स्थान नदिएपछि शर्माको स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन । यस अघि स्थानीय तहको निर्वाचनमा पनि लोचन शर्माले नेचासल्यान गाउपालिकामा अध्यक्ष दावी गरेका थिए । तर डुफकुमार बास्तोलालाई सहमत गरेर बसेका शर्मालाई यसपालि पनि पार्टीले स्थान नदिएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *