संगितकर्मी शुक गुरुङ्ग सिकिस्त, सहयोगको लागि लस एन्जसलमा अभियान शुरु
खुल्लामन्च
प्रकाशित: २०७३ चैत १५ गते १९:१९
गोकुल ढकाल लस एन्जलस, अमेरिका ।
नेपाली सुगम संगीतका हस्ती शुक गुरुङ्ग सिकिस्त बिरामी परेका छन । दुईटै मिर्गौलाको रोगका कारण थला परेका संगितकार, गीतकार तथा गायक शुक गुरुङ्गको उपचारमा सहयोग गर्न अमेरिकाको लस एन्जलस निवासी पोखरेली युवाहरुले ‘शुक गुरुङ्ग सहयोग अभियान’ शुरु गरेका छन । स्थानिय युवा कृष्ण गुरुङ्गले संयोजन गरेका ‘गो-फन्ड’ सहयोग अभियानमा सहयोग रकम जम्मा हुने क्रम जारी रहेको गुरुङ्गले बाटएका छन ।
बिशेषत: पोखरामा बसेर पश्चिमेली लोक भाका, आधुनिक तथा पप संगितको सिर्जना र उत्थानका लागि जीवनभर लागिपरेका संगीतकर्मी शुक गुरुङ्गको उपचारमा आफुसक्दो सहयोग गरी राष्ट्रका लागि जीवनभर उकाली ओराली हिंडेका गुरुङ्गको यो नाजुक अवस्थालाई पार लगाउन हातेमालो गरिदिहुन संयोजक गुरुङ्गली अनुरोध गरेका छन ।