२०८१ वैशाख १९ गते | 1st of May 2024

विभिन्न दलका नेता कार्यकर्ता काँग्रेस प्रवेश

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक ९ गते १५:१९

काठमाडौँ, ९ कात्तिक । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकोे पूर्वसन्ध्यामा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र संघीय समाजवादी फोरम नेपालका सयौँ नेता कार्यकर्ता आज नेपाली काँग्रेसमा प्रवेश गेका छन् ।

फोरमका उपमहासचिव एवं निर्वतमान सांसद अभिषेकप्रताप शाह काँग्रेस प्रवेश गरेको काँग्रेसले जनाएको छ । उनलाई काँग्रेस सभापति शेरबहादुर देउवाले एक कार्यक्रमका बीच पार्टीमा स्वागत गरेका थिए । आजै रामेछापका एमाले र माओवादी केन्द्रका दुई सय कार्यकर्ता पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गरेका हुन । उनीहरुलाइए प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले उनीहरुलाई टीका लगाएर पार्टीमा स्वागत गर्नुभएको प्रधानमन्त्रीका सञ्चारविज्ञ गोविन्द परियारले जानकारी दिए ।

यसैबीच आगामी निर्वाचनमा चुनावी तालमेलका लागि लोकतान्त्रिक गठबन्धनको कार्यदलले उम्मेदवार चयनका सम्बन्धमा छलफल गरेको छ । कार्यदलको आज बसेको बैठकले सहमतिमै उम्मेदवार टुंग्याउने सहमति भएको र शीघ्र उम्मेदवारको टुङ्गो लाग्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *