२०८२ पुष १२ गते | 27th of December 2025

कांग्रेसले टुंगो लगायो मंसिर २१ गते हुने चुनावका लागि १९ क्षेत्रका उम्मेदवार

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक ९ गते १६:०९

काठमाडौं, ९ कात्तिक । नेपाली कांग्रेसले दोश्रो चरणमा निर्वाँचन हुने जिल्लाका लागि उम्मेदवार टुंगो लगाएको छ । कांग्रेसले मंसिर २१ गते दोस्रो चरणमा हुने चुनावको लागि प्रतिनिधिसभातर्फ १ सय २८ क्षेत्रमध्ये १९ क्षेत्रको उम्मेदवारको टुंगो लगाएको हो ।
कांग्रेस संसदीय समितिको बिहीबार बसेको बैठकले धेरैजसो शीर्ष नेताहरु सहित १९ जनाको चुनाव क्षेत्र टुंगो लगाएको हो । बैठकले पार्टी सभापति शेरबहादुर देउवा डडेल्धुराबाट, रामचन्द्र पौडेल तनहुँ १ बाट, विमलेन्द्र निधि धनुषा ३ बाट उठ्ने निर्णय गरेको छ ।
यस्तै प्रकाशमान सिंह काठमाडौं १ बाट, गगन थापा काठमाडौं ४ बाट र प्रकाशशरण महतलाई काठमाडौं ५ बाट उठाउने निर्णय गरेको छ । मिनेन्द्र रिजाल मोरङ २, महेश आचार्य मोरङ ४ र शेखर कोइराला मोरङ ६ नम्बर क्षेत्रबाट चुनाव लड्नेछन् ।
यस्तै ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४, गोपालमान श्रेष्ठ स्याङ्जा २, एनपी साउद कञ्चनपुर २, रमेश लेखक कञ्चनपुर ३, अर्जुनप्रसाद जोशी पर्वत, नारायण खड्का उदयपुर १, नारायणबहादुर कार्की उदयपुर २, फरमुल्लाह मन्सुर बारा ३, तीर्थ लामा काभ्रे १ बाट र रमेश रिजाललाई पर्साको कुनै क्षेत्रबाट उठाउने निर्णय गरिएको छ ।
शुक्रबार बिहान ८ बजे बस्ने संसदीय समितिको बैठकले बाँकी उम्मेदवारको टुंगो लगाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *