२०८१ वैशाख १६ गते | 28th of April 2024

एनआरएन अमेरिकाको हेल्प डेस्कको स्थापना

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक ९ गते १८:३७

क्यालिफोर्निया । एनआरएन अमेरिकाकी उपसभापति उमा कार्की थापाको संयोजकत्वमा एनआरएन अमेरिको एक महत्वपुर्ण निकाय, एनआरएन हेल्प डेस्कको औपचारिक घोषणा गरिएको छ ।

एनआरएनए अमेरिकाले पश्चिम क्षेत्रीय उपसभापति उमा कार्की थापाको संयोजकत्वमा एनआरएन हेप्प डेस्क स्थापना गर्नै निर्णय गरेको थियो । सोहि बमोजीम संयोजक थापाद्धारा प्रस्तुत अवधारणापत्रलाइ एनआरएनए अमेरिकाको सेप्टेम्बर १ मा बसेको बैठकले सर्वसम्मतले पारित गरेको थियो । सोहि अनुसार संयोजक थापाले अमेरिकाको बिभिन्न भागलाइ प्रतिनिधित्व गर्ने गरि सात सदस्यीय केन्द्रिय समितिलाइ पुर्णता दिनुभएको छ । मानोनित सदस्यहरुमाथलराज पन्त टेक्सास, सुमन वस्ती इलिनोइ, वासुदेव खनाल कोलोराडो, सञ्जय थापा न्यूयोर्क, विश्वमान आङ्दम्वे जर्जिया र सदस्य सचिवमा मणिनेपाली पनेरु क्यालिफोर्निया रहनु भएको छ ।

त्यसै गरी सो अवधारणापत्र अनुसार राज्य तहमा जनघनत्व र आवश्यकताका अधारमा १ राज्य संयोजक र १ राज्य सचिव सहित अधिकतम २१ सदस्य राज्य समिती गठन गर्न सकिने प्राव्धान राखिएको छ । उपसभापति थापाले केन्द्रिय संयोजन समितीको गठन च्याप्टर लगायत अन्य ठाउँंहरुमा पनि हेल्प डेस्क स्थापना गर्ने सन्दर्भमा यो पहिलो र महत्वपुर्ण कदम भएको बताउँनु भयो । “अब अमेरिकाभर एनआरएन च्याप्टर र स्थानीय संघ संस्थाहरुको सहभागीतामा हेल्प डेस्कहरु गठन गरिने छ” वहाँले भन्नुभयो । एनआरएन च्याप्टर नभएको राज्यहरुमा उपयुक्त फोकल पर्सनको संयोजकत्वमा हेल्प डेस्क स्थापना गरी सहयोग पुर्याउने स्पष्ट पार्दै सम्पुर्ण अमेरिकावासी नेपालीलाइ सहयोगको लागी आग्रह समेत गर्नुभयो । विभिन्न समस्यामा परका नेपालीको समस्या समाधानको लागी पहल गर्ने उदेश्यले एनआरएन हेल्प डेस्को स्थापना भएको हो ।

यसैबिच सदस्य सचिव मणिनेपाली पनेरुले समस्यामा परेका नेपालीको उद्धारमा सबै नेपाली जुट्नु पर्ने बताउदै हेल्प डेस्कले टेलीफोन हटलाइन, सामाजीक संजाल तथा वेभसाइट मार्फत सुचाना प्रवाह र पिडितको तल्काल राहतको लागी फन्ड संकलन जस्ता कार्यक्रमहरु कार्यन्वयन गरिने जानकारि दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *