२०८१ जेठ ६ गते | 19th of May 2024

ट्रिपर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक १० गते ३:५१

धादिङ, १० कात्तिक । धादिङमा ट्रिपर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । नोबिसेबाट काठमाडौंका लागि छुटेको बा २ ख ७१ ८२ नम्बरको ट्रिपर र बा ८२ प ७७९७ नम्बरको धादिङको धुनिबेसी ९ टायलघर अगाडि शुक्रबार बिहान ठोक्किँदा दुई जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ज्यान गुमाउने दुई पुरुषको परिचय खुलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *