२०८१ माघ ४ गते | 17th of January 2025

सुनिल शाहजी र मेरो नाम जोडिएर आएको बजार हल्ला भ्रामात्मक : शिब राई

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक ११ गते २१:०१

अमेरिका (टेक्सास) – गैर आवासिय नेपाली संघ (एनआरएनए)को बिश्व सम्मेलनका बेला एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष शुनिल साहको नाम समेत मुछेर आएका बजार हल्लाहरुमा सत्यता नभएको शिव राइले स्पष्ट पारेका छन् ।

बजार हल्लाका सम्बन्धित व्यक्ति भनिएका राइले सामाजिक संजाल मार्फत आफु र शुनिल साहको नाम संगै आएका बजार हल्लाहरु असत्य भएको स्पष्ट पारेका हुन् ।

यसअघि बरिष्ठ उपाध्यक्ष तथा अमेरिकाबाट बिश्व सम्मेलनमा सहभागी हुने प्रतिनिधी छनौट गर्न बनेको समितीका संयोजक शाहको नाम मुछेर बिभिन्न आरोप लगाइएको थियो जसमा आरोप लगाउनेमा राइको नाम समेत बजार हल्लामा आएको थियो ।

अमेरिकाको न्युयोर्क निवासी राइले शुक्रवार फेसबुक मार्फत शुनिल साहसंग आफ्नो नाम समेत जोडेर आएको बजारे हल्लामा कुनै सत्यता नभएकोले हल्लाको पछि नलाग्न आग्रह गरेका छन् ।

बरिष्ठ उपाध्यक्ष साहले पनि बिश्व सम्मेलनपछि आएका बिभिन्न प्रतिक्रिया तथा आरोपहरुको खण्डन गरिसक्नुभएको छ ।

आर्थिक चलखेल सम्म भएको भन्दै बरिष्ठ उपाध्यक्ष साहको नाम समेत मुछेर बिभिन्न आरोप लगाइएकोमा सम्बन्धित व्यक्ति भनिएका राइले आरोपमा कुनै सत्यता नभएको बताएका हुन् ।

बजार हल्लाको सम्बन्धित भनिएका व्यक्ति राइले नै बजार हल्लामा सत्यता नभएको स्पष्ट पारेपछि हल्ला कपोकल्पित तथा चरित्र हत्या गर्ने किसिमले आएको स्पष्ट भएको बरिष्ठ उपाध्यक्ष साहको प्रतिक्रिया छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *