२०८१ जेठ ५ गते | 18th of May 2024

भूकम्प प्रभावितको फाइल नै गायव

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक १२ गते १६:५२

रसुवा, १२ कात्तिक । रसुवामा भूकम्प प्रभावितको फाइल नै गायव भएको छ । पहिलो किस्ताको लागि सिफारिस गरिएका प्रभावितको फाइल हराएको हो । जिल्लाको कालिका गाउँपालिका–३ का आठ जना लाभग्राहीको फाइल जिल्ला समन्वय समितिबाट हराएको पीडितहरुले गुनासो गरेका छन ।
गाउँमा खटिएका प्राविधिकले गएको चैतमा पहिलो किस्ताको फारम भरेर सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालयमा ल्याएका थिए । त्यहाँबाट जिल्ला समन्वय समितिमा फाइल पठाइएको थियो ।
चैत पठाएको फारमको सम्बोधन साउनसम्म पनि नभएपछि प्रभावितले खोजी गरेका थिए । दिनभर लगाएर खोजी गरेपनि नभेटिएपछि उनीहरुले फेरि दोस्रो पटक फारम बुझाएका थिए । तर त्यो फारमको पनि सुनुवाइ भएको देखिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *