२०८२ फागुन २९ गते | 13th of March 2026

मेरो देशको सरकार म भन्दा कयौं गुणा निरिह छ

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक १२ गते १८:४३

शिवराज गौतम
म जति निरिह छु,
मेरो देशको सरकार म भन्दा कयौं गुणा बढि निरिह छ,
कहिले दक्षिणबाट र कहिले उत्तर बाट रिमोट धारिहरुले ‘रातो बटन्’ थिच्छन्,
देश दु:खेको छ,
न्याय अब गोरखाबाट पनि बिलिन भयो,
मेरो देश, मेरो सरकार यो बखत सबै काम भुलेर रातारात टिकट बेच्छ,
गिलास ठोक्किन्छन्,
पिडित आफ्नो बेथालाई सिरानि लगाएर पल्टन्छ अँध्यारो कुनामा !!

मलाई म हुनुमा गर्व लाग्न छाडिसक्यो अब,
नावालकको हत्या गरियो,
ठूलो दुर्घटना भयो,
मेरा २ सय ६ हाडहरु एकसाथ सिरिंग गरे,
तर, मेरो सरकार कुम्भकर्णको रेकर्ड तोड्न लागिपरेको छ,
न कतै राष्ट्रिय झण्डा झुके,
न कतै राष्ट्रिय शोकको घोषणा भयो,
मेरो देशको सरकार म भन्दा कयौं गुणा बढि निरिह छ !!

अब माया, ममता, फिलिंग्स सबैले डाँडो काटे,
कसैको हत्या, मृत्यु जे सुकै पनि १० लाखमा बिक्री गरिन्छ,
हे पशुपतिनाथ, अब कसैले रक्षा गर्न सक्छ भने त्यो तिमि हौ,
मेरो देश र नागरिकको रक्षा गर्ने टेण्डर तिम्रो कम्पनिलाई परोस्,
म हत्याको बिरोधि हुँ, हिंसाको बिरोधि हुँ,
यो सबै रोक्ने टेण्डर पनि तिमिलाई नै परोस्,
किनकि,
मेरो देशको सरकार म भन्दा कयौं गुणा बढि निरिह छ !!

    – उर्लाबारी, मोरंग (हाल: अमेरिका)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *