२०८१ जेठ ५ गते | 18th of May 2024

गुल्मीमा माइक्रोबस दुर्घटना हुदा ९ जनाको मृत्यु, सबैको सनाखत

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक १३ गते १५:००

बुटवलबाट गुल्मीका लागि छुटेको बा ४ ख ५५०१ नम्बरको माइक्रो गुल्मीको विरुवामा दुर्घटना हुदा ९ जनाको मृत्यु भएको छ । माइक्रो बुटवलबाट गुल्मीको सदरमुकाम तम्घासका लागि छुटेको थियो । माइक्रो गुल्मी दरबार गाउँपालिका वडा नम्बर ४ मा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा ९ जनाको ज्यान गएको र ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बुटवलबाट १३ जना यात्रु लिएर तम्घासका लागि छुटे पनि बिचमा यात्रु थपेको प्रहरी जनाएको छ । दुर्घटनामा ६ जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा र २ जनाको पाल्पा लैजाने क्रममा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि ३ जना महिला ६ जना पुरुषको ज्यान गएको छ ।
मृतक सबैको सनाखत भएको छ ।
सनाखत हुनेहरुमा गुल्मी रेसुङ्गा नगरपालिका– १० सिमिचौर का भिमबहादुर घर्ती मगर (ड्राईभर), गुल्मी मालिका गउँपालिका– का लाल बहादुर मुखिया, गुल्मी इस्मा गाउँपालिका–१ हस्तिचौरकी यमुना पन्थी मरासिनी रहेकी छन् ।
त्यस्तै गुल्मी मुसिकोट नगरपालिका–३ बडागाँउकाकी मानकुमारी थापा, ईस्मा गाउँपालिका–६ का दिल बहादुर कुमाल, ईस्मा गाउँपालिका–२ पालुकाकाकी रुबी नेपाली, गुल्मी रिमुवाकी सुमित्रा दर्लामी, अर्घाखँची जिल्ला छत्रदेव गाउँपालिका वडा नम्बर ७ भगवती बस्ने राम प्रसाद पाण्डे, बुटवलका केशबहादुर गुरुङ्ग रहेको प्रहरीले जनाएको छ । गाडीका चालकको पनि उपचारका लागि पाल्पा लैजाने क्रममा ज्यान गएको थियो । घाइते हुनेहरुमा १ जना महिला ५ जना पुरुष र २ जना बालक रहेको प्रहरीले जनाएको छ । घाइते मध्ये इस्मा गाउँपालिका–२ का सृजन मरासिनी र उनकी बहिनी शृष्टीको उपचार भइरहेको छ । घाइते दुई बालकका आमाको भने ज्यान गएको छ । अन्य घाइतेहरुको पाल्पामा उपचार भइरहेको छ । गाडीमा सवार चालकसहित १७ जना सवार थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *