काठमाडौं, १३ कात्तिक । नेपाली कांग्रेसले आगामी निर्वाचनको लागि पार्टीको घोषणापत्र तयार गरेको छ । घोषणापत्रमा अबको १० बर्षभित्र भोकमरी हटाउने र भ्रष्टाचार निर्मुल पार्ने योजनासहितको घोषणा तयार गरिएको छ । १० बर्षभित्र नेपाललाई विकसित, भ्रष्टाचार र भोकमरी मुक्त देश बनाउन ५ खर्ब रुपैयाँसम्मको विदेशी लगानी भित्र्याएर युवालाई स्वरोजगार बनाउने योजना नेपाली कांग्रेसले अगाडी सारेको छ । उक्त घोषणापत्र भोलि मंगलबार सार्वजनिक गरिने कांग्रेसले जनाएको छ ।
के के छन त घोषणापत्रमा ?