२०८१ जेठ ८ गते | 21st of May 2024

माओवादीका नेता बालकृष्ण ढुंगेल पक्राउ, डिल्लीबजार कारागारमा लगियो

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक १४ गते १६:३८

काठमाडौं, १४ कात्तिक । सर्वोच्च अदालतले आजीवन जन्मकैद सुनाएका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् । सिआइबीको टोलीले ढुंगेललाई मंगलबार विहान पक्राउ गरेको हो । पक्राउ पछि ढुंगेललाई डिल्लीबजार कारागार चलान गरिएको छ । जिल्ला अदालत काठमाडौंले फैसला कार्यान्वयनका लागि डिल्लीबजार कारागार पठाएको हो । ढुंगेललाई दोषी ठहर गरेको फैसला जिल्ला अदालत ओखलढुंगाबाट फ्याक्समार्फत मगाएर छलफलपछि काठमाडौं जिल्ला अदालतले ढुंगेललाई डिल्लीबजार कारागार पठाएको छ ।

ढुंगेललाई पक्राउ गरिएको विषयलाई लिएर जिल्ला तहका माओवादी नेताहरुले विरोध गरेका छन् । दुई वर्षअघिमात्र गठित ‘अदालत पीडित संघ’का केन्द्रीय अध्यक्ष तथा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य बाबुराम गौतमले ढुंगेललाई देउवा सरकारले पक्राउ गर्नु निन्दनीय रहेको बताए ।

‘हामी तत्काल ढुंगेलको रिहाईको माग गर्छौँ’ गौतमले भने, ‘सिंगो जिल्ला पार्टीले यसको घोर भर्त्र्सना गरेका छौं । कांग्रेसको यस्तो हर्कतले ठूलो क्षति पुग्ने निश्चित छ ।’ अदालत पीडित संघले बेलाबेलामा ढुंगेल पक्राउ गर्न नहुने भन्दै विरोध र जुलुस गर्ने गरेको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीले ढुंगेललाई मंगलबार बिहान ११ बजे ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको हो । नेता ढुंगेललाई ओखलढुंगाका उज्जन कुमार श्रेष्ठको हत्या गरेको ठहर गर्दै सर्वोच्च अदालतले दोषी ठहर गरेको थियो । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको २०५५ साल असार १० गते हत्या भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *