२०८१ वैशाख २३ गते | 5th of May 2024

न्युयोर्कमा आतंककारी हमला कम्तिमा ८ जनाको मृत्यु

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक १४ गते २२:५२

न्युयोर्क- अमेरिका न्युयोर्कको म्यानहटन स्थित वल्र्ड ट्रेड सेन्टर नजिकै आक्रमणकारीले सर्वसाधारणमाथि गाडी जोताउँदा कम्तीमा ८ जनाको ज्यान गएको छ भने दर्जन बढि घाइते भएका छन् ।

घटना म्यानहटनको वेष्ट स्ट्रीट र च्याम्बर स्ट्रीटको नजिक भएको हो । त्यसपछि आक्रमणकारीले नक्कली बन्दुक देखाउदै भ्यानबाट भाग्न खोज्दा प्रहरीले गोली हानेर नियन्त्रणमा लिएका छन् ।

आक्रमणकारीले गलत दिशातिर साइकलको लेनमा केही ब्लकसम्म गाडी जोताउदै लगेको थियो । घटनापछि न्युयोर्कमा नै कार्यक्रमको शिलशिलामा रहेकी राष्ट्रपति पत्नी मेलानिया ट्रम्पले ट्वीट गर्दै घटनाबाट आफ्नो हृदय विक्षिप्त भएको जनाएकी छिन् ।

होम डिपोले आक्रमणमा आफ्नो रेन्टल गाडीको प्रयोग भएको पुष्टी गरेको छ । होम डिपोका प्रवक्ता म्याट हेरिगनले अनुसन्धानका लागि आफूहरुले सहयोग गरिरहेको जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि घटनाबारे जानकारी दिइएको छ । चिफ अफ स्टाफ जोन केलीले घटनाबारे जानकारी दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *