२०८१ वैशाख २३ गते | 5th of May 2024

काठमाडौंको कमलादीमा गोली चलाउने भारतीय प्रहरी

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक १६ गते १०:४२

काठमाडौं, १६ कात्तिक । भारतीय प्रहरीको काठमाडौमा समेत ज्याजदी भएको छ । बुधबार राती काठमाडौको कमलादीस्थित बुधबार साँझ कमलादीको हेरिटेज प्लाजास्थित ज्याक डेनिस डान्सबारमा गोली चलाउने भारतीय प्रहरी भएको अनुसन्धानमा खुलेको छ । डान्सबारमा गोली चलाएर भाग्ने क्रममा प्रहरीले भारत लुधियानाका जसवीर सिंह र हरदेवेन्द्र सिंहलाई पक्राउ गरेको थियो ।
उनीमध्ये जसवीरको साथबाट पञ्जाव प्रहरीको परिचयपत्र फेला परेको महानगरीय प्रहरी वृत कमलपोखरीका डिएसपी कुलदिप चन्दले जानकारी दिए । परिचयपत्र मात्रै बनाएको हो वा प्रहरी नै त्यो खुलिसकेको छैन ।
प्रहरीले उनीहरूबाट अटोमेटेड पेस्तोल, ७।६५ एमएमका ५१ वटा गोली र ७५ हजार भारतीय नोट बरामद गरेको छ । उनीहरु मंगलबार पिबी १० एफएस ७४४९ नम्बरको भारतीय गाडी चढेर काठमाडौं आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *