२०८१ वैशाख २३ गते | 5th of May 2024

बामगठबन्धनमा विवाद भएपछि उदयपुरमा बागी उम्मेदवार धेरै

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक १६ गते १५:०९

उदयपुर, १६ कात्तिक । दोश्रो चरण निर्वाचनका लागि आज मनोनयन दर्ता सम्पन्न भएको छ । उदयपुरमा वाम गठबन्धनबीच उम्मेदवारी छनौटमा विवाद भएपछि नेकपा माओवादी केन्द्र र नेकपा एमालेले सुटुक्क मनोनयन दर्ता गरेका छन् ।
विवाद भएपछि माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा नेता सुरेशकुमार राई सुटुक्क उम्मेदवारी दर्ता गराए, एमालेकी नेतृ मन्जु चौधरीले शक्ति प्रदर्शन नगरी मनोनयन दर्ता गरिन ।
माओवादी केन्द्र उदयपुरका जिल्ला संयोजक विनोद कटुवालले समेत बागी उम्मेदवारी दर्ता गराएका छन । पूर्व सांसद जगनाथ खतिवडाले पनि उम्मेदवारी दर्ता गराएका छन ।
माओवादी केन्द्रका जिल्ला सहसंयोजक जीवनकुमार कार्कीले गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार रामहबादुर थापा मगर विरुद्ध बागी हालेका छन । माओवादीका केन्द्रिय सल्लाहाकार समिति सदस्य मिनबहादुर ठकुरीले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन ।
प्रदेशसभामै माओवादी केन्द्रकी भेषकुमारी राउत विरुद्ध माओवादीका पूर्व जिल्ला सचिव नारायण बुर्जा मगर र एमालेका नेता होम दाहालले बागी उम्मेदवारी दर्ता गराराइन छ ।
प्रदेशमा एमालेका विमल कार्कीको विरुद्ध एमालेकै कुशलबाबु बस्नेतले उम्मेदवारी दर्ता गरेका छन । एमालेकी नेतृ कला घलेले पनि उम्मेदवारी दिएकी छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *