२०८१ साउन १२ गते | 27th of July 2024

वारेशनामामार्फत प्रधानमन्त्री देउवाले उम्मेदवारी दिए

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक १६ गते १६:०८

डडेल्धुरा १६, कात्तिक । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले वारेशनामामार्फत डडेल्धुरबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन ।
उनले गणेशप्रसाद पन्तमार्फत वारेशनामा पठाएर मनोयन दर्ता गराएका हुन ।
प्रदेश सभा सदस्यका लागि (क) बाट काँग्रेसका पूर्वजिल्ला सभापति तथा पूर्वजिविस सभापति रघुवर भट्ट र (ख) बाट काँग्रेसका जिल्ला सभापति कर्णबहादुर मल्लले मनोनयन दर्ता गराएका हुन ।
यसैगरी प्रतिनिधि सभा सदस्यका लागि वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का सचिवालय सदस्य खगराज भट्टले मनोयन दर्ता गराए ।
प्रदेश सभा सदस्यका लागि बाम गठबन्धनबाट (क) र (ख) मा एमालेका क्रमशः पठानसिंह बोहरा र डा तारा जोशीले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *