२०८१ जेठ ५ गते | 18th of May 2024

बालक हत्या आरोपमा बुवा र भाउजू थुनामा

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक १७ गते ५:५४

लहान, १७ कात्तिक । बालकको हत्या गरेको आरोपमा पक्राउ परेका बालकका बुवा र भाउजूलाई सिरहा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
गएको साउन ३१ गते हत्या गरिएका ११ वर्षका मोहम्मद अरहानको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका बालकका बुवा सिरहा नगरपालिका–४ रमौल बस्ने ५० वर्षका मोहम्मद सलाउद्दिन सेख र सेखकै बुहारी २० वर्षकी डेजी भन्ने कुल्सुम खातुनलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
मोहम्मद अरहानलाई कर्तव्य गरी हत्या गरेको अभियोगमा गएको असोज २० गते पक्राउ गरिएका सेख र उनकी बुहारी कुल्सुम खातुनलाई सिरहा जिल्ला अदालतले बिहीबार थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *