२०८१ जेठ ५ गते | 18th of May 2024

प्रश्नवाचक चिह्न भएको फोटो सामाजिक सञ्जालमा भाइरल बन्यो

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक १७ गते १५:१४

काठमाडौ १७ कार्तिक ।  शुक्रबार एकै दिनमा सामाजिक सञ्जालमा एउटा फोटो भाइरल बन्यो । त्यो पनि कांग्रेसीहरुको फेसबुकमा उक्त फोटो भाइरल बन्यो । त्यो अरु केहशी थिएन । एउटा प्रश्नबाचक चिह्न अर्थात ह्वाट लेखिएको थियो । उक्त प्रश्नबाचन चिह्नभित्र नेपाली कांग्रेस विद्यार्थी तथा तरुणदलका प्रतिभाशाली नेताहरुको तस्विर राखिएको थियो ।

तस्वीर भाइरल बन्नुको कारण छुट्टैछ । ह्वाट भित्र सबै कांग्रसी युवा नेताहरु नै छन । कांग्रेसले टिकट वितरणमा अन्याय गरेका अनुहारहरु प्राय उक्त प्रश्नबाचक चिह्न भित्र अटाएका छन । यसको अर्थ यो हो कि काग्रेस पार्टीको उम्मेदवार बनाउने क्रममा यि अनुहारहरु उम्मेदवारमा नपरे पनि यो ह्वाट चिह्न भित्र अटाएका छन । अब उनीहरुको पार्टीमा भूमीका के रहन्छ भन्ने खालको सन्देश यस तस्वीरले देखाउन खोजेको छ ।

तस्विरमा समेटिएका नौ जवानहरुमा नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरु गुरुराज घिमिरे र कल्याण गुरुङ भरखरै निवर्तमान भएका सांसद धनराज गुरुङ देखि तरुण दलकापुर्व सभापति बिनोद कायस्थ, नेबिसंघका पुर्व सभापतिहरु केशब सिंह र महेन्द्र शर्मा तथा युवा बिद्यार्थी नेताहरु लिलाबल्भ दाहाल ९काका० र निलकण्ठ रिजालको तस्विर क्रमबद्ध राखिएको छ ।
यस्ले नेपाली राजनिती कुन बाटोमा अगाडी बढिरहेको छ भनेर बिभिन्न प्रश्न गरिरहेको छ । तर काँग्रेस नेतृत्व युवाहरुलाई स्थान दिने भन्दा जिम्मेवारीबाट बञ्चीत गर्ने रणनितीमा लागेको प्रस्ट हुन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *