२०८१ चैत १० गते | 24th of March 2025

गोविन्दराज जोशीबिरुद्ध पौडेलले दिए उजुरी, नवराज सिलवाल पनि बाँकी रहेनन

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक १७ गते १६:०७

काठमाडौं १७ कात्र्तिक । नेकपा एमालेको तर्पmबाट ललितपुर १ का उम्मेदवारी दिएका नवराज सिलवाल विरुद्ध उजुरी परेको छ । सिलवाल विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको हो । दोस्रो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तरगत बिहीबार भएको उम्मेदवारी दर्ताको दावी विरोधको कार्यतालिका अन्तरगत शुक्रबार ्िसलवाल लगायत सात जना उम्मेदवार विरुद्ध उजुरी परेको हो। सिलवाल विरुद्ध विकाससिंह तामाङले उजुरी हालेका छन्।

सिलवालले ुलाभको पदु धारण गरेको व्यहोरा उल्लेख गर्दै तामाङले निर्वाचन आयोगमा उजुरी हालेका हुन्। सिलवाल नेपाल प्रहरीका पूर्व डीआइजी हुन्। तर उनले पदबाट दिएको राजिनामा नेपाल प्रहरीले स्वीकृत गरिसकेको छ। त्यस्तै तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसकै पूर्वसहमहामन्त्री गोविन्दराज जोशीविरुद्ध उजुरी दिएका छन्। व्यहोरा गोप्य राखेर दिएको पौडेलको उजुरी आफ्ना बागी उम्मेदवार विरुद्ध परेको हो। त्यस्तै प्रतिनिधिसभातर्फ रौतहट निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार भोजेन्द्र ठाकुर लोहार विरुद्ध पनि उजुरी परेको छ। समानुपातिक सूचीमा समेत नाम रहेको भन्दै कनिजा खातुनले उजुरी दिएकी हुन्।

प्रदेशसभातर्फ ४ जना उम्मेदवार विरुद्ध उजुरी परेको छ। जसमा मोरङ निर्वाचन क्षेत्र नम्बर ६ को ुखुका राष्ट्रिय जनता पार्टीका उम्मेदवार नसरुल मिया विरुद्ध यदुवंश साह हलुवाइले उजुरी दिएका छन्। मिया पार्टीको आधिकारिक उम्मेदवार नभएको हलुवाइको दावी छ। त्यस्तै, कास्की निर्वाचन क्षेत्र नम्बर १ को क का उम्मेदवार टीकाराम पंगेनीविरुद्ध दीपक कोइरालाले उजुरी दिएका छन्। पंगेनीले लाभको पद धारण गरेको कोइरालाको दावी छ। सुनसरी निर्वाचन क्षेत्र नम्बर २ को ख बाट  नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका हेमकर्ण पौडेल विरुद्ध सर्वध्वज साँवाले उजुरी दर्ता गरेका छन्। उनले उजुरीको व्यहोरा भने खुलाएका छैनन्। त्यस्तै, सर्लाही निर्वाचन क्षेत्र नम्बर २ को ख का नेकपा एमाले उम्मेदवार राजकुमार राय विरुद्ध व्यहोरा नखुलाइ रामपृत सहनीले उजुरी दर्ता गराएका छन्।

निर्वाचन आयोगका प्रवक्ता तथा सहसचिव नवराज ढकालका अनुसार शुक्रबार परेका उजुरीमाथि शनिबार छानबिन हुनेछ। आज उम्मेदवार विरुद्ध दावी विरोधको कार्यतालिका रहेको थियो। त्यो सम्पन्न भएको छु, उनले भने,  निर्वाचन कार्यतालिका अनुसार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले उजुरीमाथि छानविन गर्नुहुनेछ र दावी विरोध पुगे नपुगेको छानविन गर्नुहुनेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *