काठमाडौं १८ कात्र्तिक । आराम गर्न भन्दै सपरिवार सहित पूर्वराजा ज्ञानेन्द्र शाह धुलिखेलमा पुगेका छन । शुक्रबार दिउँसो साढे बजे बा ४ झ ३८०७ नम्बरको गाडीमा धुलिखेल स–परिवार सहित आइपुगेका छन । पूर्व राजा शाहले दुइ दिनका लागि होटल द्धारिकाजमा १० वटा कोठा बुकिङ गरी बसेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले बताए । प्रहरी उपरीक्षक थापाका अनुसार पूर्वराजाको कुनै औपचारिक कार्यक्रम नभएको बताए। ‘औपचारिक कार्यक्रम वारेमा केही जानकारी छैन, मात्रै आरामको लागि आउनुभएको भन्ने जानकारी छ’ थापाले भने। उनी दुई दिनसम्म बस्ने जानकारी आएको थापाले बताए।