२०८१ साउन १२ गते | 27th of July 2024

गोविन्दराज जोशीको उम्मेदवारी निर्वाचन आयोगद्धारा रद्द, रामचन्द्र पौडेललाई सहज

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक १८ गते १५:३८

काठमाडौं, १८ कात्तिक । नेपाली कांग्रेसमा नेता रामचन्द्र पौडेल विरुद्ध बागी उम्मेदवारी दर्ता गराएका गोविन्द राज जोशीको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेको छ । तनहुँ क्षेत्र नम्बर १ मा रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गरेपछि गोविन्द राज जोशीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।
जोशीलाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको र त्यो मुद्दा अहिले पनि सर्वोच्चमा विचाराधिन रहेको भन्दै आयोगले जोशीको उम्मेदवारी रद्द गरेको हो ।
तनहुँ १ का कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले जोशी विशेष अदालतबाट २०६९ साल साउन १० गते भ्रष्टाचारी ठहर भएको र अदालतको फैसला अहिले पनि कायम रहेकाले जोशीले चुनाव लड्न नपाउने दावी गर्दै उजुरी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *