बाँके, १८ कात्तिक । नेपालगञ्जमा एक नवजात शिशुको बेवारिसे शव फेला परेको छ । । कारागारनजिकैको हिलाम्मे खेतमा सालनालसहितको शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
हिलाम्मे खेतमा सालनालसहितको नवजात शिशुको शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी सुधिरराज शाहीले नवजात शिशुको शवको पकृति हेर्दा एकदिनअघि जन्माएर फालिएको जस्तो देखिने बताएका छन । घटनाका बारेमा आवश्यक अनुसन्धान सुरु गरिसकिएको डिएसपी शाहीले जानकारी दिए ।