२०८१ साउन १२ गते | 27th of July 2024

४ हजार ४८२ जना उम्मेदवारले पाए चुनाव चिह्न, २५८ जनाले लिए उम्मेदवारी फिर्ता

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक १९ गते १५:२९

काठमाडौं, १९ कात्तिक । निर्वाचन आयोगले तोकेको समयमा दुई सय ५८ जना उम्मेदवारले आफनो उम्मेदवारी फिर्ता लिएका छन् । आयोगले आइतबार एक बजेसम्मका लागि उम्मेद्वारी फिर्ता लिनका लागि समय दिएको थियो ।
अब प्रतिनिधिसभा र प्रदेशसभाको दोश्रो चरणको चुनावका लागि ४ हजार ४ सय ८३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
नाम फिर्ता लिएपछि बाँकी रहेका उम्मेदवारको नामावली सार्वजनिक गरेर आयोगले उम्मेदवारलाई चुनाव चिन्ह दिएको छ । दलका आधिकारिक उम्मेदवारले दलको आधिकारिक चुनाव चिन्ह र स्वतन्त्र उम्मेदवारले अरु चुनाव चिन्ह पाएका छन् ।
दोस्रो चरणमा आउँदो मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य चुनावका लागि उम्मेदवारी मनोनयन दर्ता गरेका मध्ये ४ हजार ४८२ जना उम्मेदवाहरुलाई आज ४५ जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयबाट चुनाव चिन्ह प्रदान गरिएको निर्वाचन आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *