२०८१ साउन १२ गते | 27th of July 2024

टेक्सासको चर्चमा गोली चल्दा मर्नेको संख्या २७ पुग्यो, २५ घाइते

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक १९ गते २२:२८

अमेरिका (टेक्सास) – अमेरिका टेक्सासको सानएन्टोनियो शहर नजिकको एक चर्चमा गोली चल्दा मर्नेको संख्या २७ पुगेको छ भने २५ जना घाइते भएका छन् ।

सानएन्टोनियो शहर नजिक सुथरल्याण्ड स्प्रिङस्थित फ्रस्ट ब्यापटिस्ट चर्चमा छिरेकाे एक आक्रमणकारीले अन्धाधुन्ध गोली चलाएको स्थानीय संचारमाध्यमले जनाएका छन् ।

प्रत्यक्षदर्शीहरूका अनुसार आक्रमणकारी समेत मारिएका छन् । उसले अात्महत्या गर्याे या प्रहरीकाे गाेलीद्वारा उसकाे ज्यान गयाे?, त्याे भने एकिन भैनसकेकाे बताइएकाे छ ।

स्थानीय प्रहरी अधिकारीले अ भएकाे हताहतीकाे पुष्टी गरेका छन् । प्रहरी अधिकारीका अनुसार , अहिले सम्म २७ जनाको मृत्यु भएको र कम्तिमा २५ जना घाइते भएको पुष्टी भएको छ ।

घटनाबारे थप जानकारी आउन बांकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *