२०८१ जेठ ४ गते | 17th of May 2024

राप्रपाको घोषणापत्र : राजतन्त्र र हिन्दुराष्ट्र फर्काउने, अबको गन्तब्य आर्थिक क्रान्ति

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक २१ गते ७:२४

काठमाडौं २१ कात्र्तिक । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो चुनावी घोषणापत्र सार्बजनिक गरेको छ । ललितपुरस्थित हिमालय होटलमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको घोषणापत्रमा पार्टीले ‘राजासहितको प्रजातन्त्र’ लाई आफ्नो मुद्दा बनाएको हो ।

‘राष्ट्रियता, सनातन धर्म, राजसंस्था सहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली, असंलग्न परराष्ट्र नीति र सामाजिक न्याय तथा समावेशी सिद्धान्तलाई पार्टीको वैचारिक आधारस्तम्भका रूपमा आत्मसात गरिएको छ,’ राप्रपाको घोषणापत्रमा लेखिएको छ।

सार्वभौमसत्ता जनतामा निहीत रहने, देशको शासन जनताबाट निर्वाचित प्रतिनिधिहरुले गर्ने तथा संसदको परिधि र संविधान अन्तर्गत राष्ट्रियता र सांस्कृतिक एकताको प्रतिकको रुपमा संवैधानिक राजसंस्था रहने घोषणापत्रमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *