२०८१ साउन १२ गते | 27th of July 2024

पोर्चुगलमा हत्या गरिएका जिसीका परिवारलाई सहयोग

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक २२ गते १९:२५

पोर्चुगल । पोर्चुगलमा छुरा प्रहार गरी हत्या गरिएका पर्वतका हरि बहादुर जीसीका बालबच्चाको शिक्षामा सहयोग पुर्‍याउन ७३ हजार रुपैया सहयोग मिलेको छ ।

जेवी ओलीले पोर्चुगलमा साँगीतिक साँझ कार्यक्रम आयोजना गरी सहयोग संकलन गरेको हो । एनआरएन पोर्चुगलका अध्यक्ष कुबेर कार्की र पुर्व आईसिसी सदस्य सूर्य हमालले जिसिकी श्रीमती रुक्मणी खड्का जीसीलाई रकम हस्तान्तरण गरेका थिए  ।

पीडित परिवारलाई अमेरिकाबाट गोमा अधिकारी, वासुदेव खनाल, झरना शेर्पा, किलन राई र नारायण खनालहरुले पनि उक्त परिवारलाई सहयोग गरेका थिए ।

पोर्तुगलमा सांगितिक कार्यक्रमबाट उठेर पीडितलाई दिएको रकम बाहेक संकलित बांकी रकम र अमेरिकामा संकलित करिब पचास हजार रुपैंया पत्रकार रवि लामिछाने मार्फत नेपालमा बाढीपीडितलाई हस्तान्तरण गरिने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *