काठमाडौं, २३ कात्तिक । काठमाडौंको त्रिपुरेश्वरस्थित पेट्रोल पम्प नजिकै रहेको ग्यारेजमा आगलागी हुँदा बारा कलैया नगरपालिका–३ का मुलायम मियाको ज्यान गएको छ ।
आगलागीमा दुई जना घाइते भएका छन् । घाइतेहरुको वीर अस्पतालको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । बिहीबार बेलुका लागेको आगो भने नियन्त्रणमा आइसकेको छ । दमकल, स्थानीय बासिन्दा र प्रहरीले एक घण्टापछि आगो नियन्त्रणमा लिएका हुन । आगलागीको कारणबारे थाहा हुन सकेको छैन ।