२०८१ साउन १२ गते | 27th of July 2024

सात गोली लागेर पनि बांचेकी ज्वालालाई ४० लाख रुपैंया सहयोग

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक २३ गते १८:०५

टेक्सास (अमेरिका)- अमेरिकाको डालसमा हालै एक अश्वेत वर्णका किसोरको गोली प्रहारबाट घाइते भएकी नेपाली बिद्यार्थी ज्वाला कार्कीलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

युएस नेपाल हेल्प नेटवर्क (UNHU)ले गो फण्ड मार्फत संकलन गरेको ४३ हजार १ सय डलर मध्ये गो फण्डको शुल्क कटाएर बांकी रहेको ३९ हजार १ सय २१ डलर ६५ पेनी अर्थात करिब ४० लाख नेपाली रुपैंया घाइते कार्कीको व्यक्तिगत खातामा जम्मा गरिएको हो ।

No automatic alt text available.

हेल्प नेटवर्कका प्रतिनिधी प्रबेश नेपाल संगै उनको समुहले बुधबार घाइते कार्कीको अपार्टमेन्टमा पुगेर सो रकम खातामा जम्मा गरिदिएको जानकारी दिएको बताइएको छ ।

दुई साता अघि आफ्नै अपार्टमेन्टको लन्ड्री रुममा फोनमा कुरा गरिरहेको समयमा एक अश्वेत वर्णका किसोरले अन्धाधुन्ध गोली चलाउंदा ज्वालालाई शरिरका बिभिन्न भागमा ७ वटा गोली लागेका थिए ।

भाग्यबस बांचेकी ज्वाला हाल अस्पतालबाट डिस्चार्ज भएर आफ्नै अपार्टमेन्टमा आराम गरिहेकी छिन् ।

दुई वर्ष अघि मात्र अमेरिका आएकी पोखरा नगरपालिका चौठे १४ कि २४ वर्षिया ज्वाला कार्की दुई महिना अघि मात्रै मेरिल्याडबाट डालस आएकी थिइन् ।

पत्रकार तथा एनआरएन अमेरिकाका मिडिया संयोजक बाल जोशीको सामाजिक संजालबाट :

ज्वाला कार्कीका लागी US-NEPAL Help Network (UNHN)द्वारा सुरुगरीएको सहयोग संकलन (Go Fund) मा संकलित $43,100.00 मध्य गो फ़ण्डको शुल्क कटाएर बचेको $39,121.65 रकम ज्वालाको बैंक अफ अमेरिकामा रहेको ब्यक्तिगत खातामा ट्रांसफ़र गरी हस्तांतरण गरीएको छ । दुई साता अघि एक किशोरले ज्वाला माथी ७ राउण्ड गोली चलाएको थियो । उनको अपार्टमेंटमा जम्मा भएका UNHN का प्रतिनिधी Prabesh Nepal र उनको सहयोगी समूहले आज सो रकम हस्तांतरण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *