काठमाडौं २४ कात्र्तिक । जनकपुरको सबैला नगरपालिका ८ का वडाअध्यक्षका उम्मेदवार रहेका ५७ वर्षीय सकुर मियासहित दुई जनालाई कटुवा पेस्तोल सहित प्रहरीले पक्राउ गरेको छ। मियासँगै पक्राउ पर्नेमा सबैला नगरपालिका ४ का अनिल पासमान रहेको प्रहरीले जनाएको छ ।
गत बुधबार अवैध हतियार ल्याउदै गरेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष अपराध अनुसन्धान शाखाको टोलीले १ थान कटुवा पेस्तोल सहित उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट १ थान कटुवा पेस्तोल, एसएलआरमा लाग्ने ३ थान गोली पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुव अभियुक्तहरुलाई बिहीबार जिल्ला अदालत धनुषाबाट हात हतियार तथा खरखजाना मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।