२०८१ वैशाख २० गते | 2nd of May 2024

रोल्पामा बर्षमान पुनलाई लक्षित गरी बम विस्फोट

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक २५ गते ९:०९

काठमाडौं २५ कात्र्तिक । माओवादी केन्द्रमा नेता बर्षामान पुन चढेको गाडीलाई लक्षित गरेर विस्फोटन गराइएको छ । चुनावी अभियानमा रोल्पाको माडी गाउँपालिका–१ भिट्टाबाङको जंगलमा जादै गरेको अवस्था पुनको गाडीलाई लक्षित गरेर विद्युतीय धराप थापि विस्फोट गराइएको प्रहरीले जनाएको छ । गाडीलाई लक्षित गरी माइन विस्फोट गराइएको हो । रोल्पाको घर्ती गाउँमा हुने कार्यक्रमा सहभागी हुन जाँदै गर्दा पुनमाथि लक्षित गरी आक्रमण भएको हो ।
बम कसले राखेको भन्ने थाहा नभएको प्रहरीले जनाएको छ । तर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले विद्युतीय धराप थापेको हुन सक्ने आशंका छ ।

पुनको दवावमा आफ्ना जिल्ला सेक्रेटरी सन्तोष सुवेदी र इन्चार्ज दलबहादुर खत्रीलाई प्रहरीले पक्रेको भन्दै नेकपाका कार्यकर्ता आक्रोशित थिए । विस्फोटका कारण गाडीमा समान्य क्षति पुगेको छ । चुनाव प्रचारका लागि रोल्पाका उम्मेदवार समेत रहेका नेता
पुनसहितको टोली ५ वटा गाडीमा लस्करै जिनाबाङबाट घर्ती गाउँ जाँदै गरेको भए पनि बिचमा रहेको पुनकै गाडीलाई लक्षित गरेर माइन विस्फोट भएको हो । त्यो गाडीमा माओवादी समानुपातिक उम्मेदवारा जयपुरी घर्ती पनि रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *