२०८१ साउन ११ गते | 26th of July 2024

पूर्व प्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक २५ गते ९:३९

काठमाडौं, २५ कात्तिक । पूर्वप्रधानमन्त्री कीर्तीनिधि विष्टको ९० बर्षको उमेरमा शनिवार विहान निधन भएको छ । आफनै निवास ज्ञानेश्वरमा शनिबार विहान विष्टको निधन भएको हो ।
बिष्ट लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । उनी वि.स. २०२५, २०३० र २०३४ साल गरेर तीनपटकसम्म प्रधानमन्त्री बनिसकेका छन । उनको जन्म वि.स. १९८३ साल माघ २ गते काठमाडौंमै भएको थियो ।
पञ्चायतकालका सक्रिय राजनीतिज्ञ बिष्ट २०४६ सालको जनआन्दोलनपछि निष्क्रिय जस्तै थिए । तर उनी पूर्व राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएका बेला मन्त्रिपरिषदको उपाध्यक्ष समेत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *