२०८१ वैशाख २३ गते | 5th of May 2024

सेजल आईटीका उपाध्यक्ष शंकर केसीसंग लस एन्जलसमा प्राविधिक अन्तर्कृया सम्पन्न (भिडियो सहित)

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक २७ गते १८:३१

लस एन्जलस । सेजल आईटीका उपाध्यक्ष शंकर केसीको उपस्थितिमा प्रविधिक रोजगारी र सम्भावनाका बारेमा लस एन्जलसमा एउटा अनतर्कृया कार्यक्रम सम्पन्न गरेको छ ।

क्यालिफोर्निया राज्यको सान-फ्रान्सिस्को शहरको फ्रीमोन्ट राज्यमा केन्द्रिय कार्यालय रहेको विगत लामो समयदेखी स्थापित सेजल आईटीको स्थापना, कार्य-प्रगती, नेपाली समुदायलाई लक्षित गरी सिर्जना गरिएका रोजगारी, सेजल मार्फत प्राविधिक शिक्षा लिन सकिने सम्भावनाहरु र योजनाबारे केसीले अर्थ्याउनुभएको थियो ।


प्राविधिक सुचनाका विज्ञ एवम अनुभबी SejalIT, Inc. का उपाध्यक्ष के सी जीले लस एन्जलसमा युवा रोजगारमुलक शिक्षा र रोजगारीको ब्यबस्थापनका लागि आफु र आफ्नो कम्पनी यस क्षेत्रमा छिट्टै कार्यक्रम लिएर आउने जानकारी दिनुभयो ।

एनआरएन अमेरिकाकी महिला संयोजक ईन्दिरा त्रिपाठीको संयोजनमा आयोजित कार्यक्रममा एनआरएन, क्यालिफोर्निया च्याप्टरका अध्यक्ष रामबाबु पाण्डे लगायत प्राविधिक शिक्षार्थीहरुको उपस्थिती रहेको थियो ।

https://www.facebook.com/262787457090640/videos/1502298729806167/

Leave a Reply

Your email address will not be published. Required fields are marked *