२०८१ वैशाख १५ गते | 27th of April 2024

हुस्टनको नेपाली सामुदायिक केन्द्रका लागि एनआरएन अमेरिकाका अध्यक्ष डा. पौडेलद्दारा पांच हजार र वरिश्ठ उपाध्यक्ष शाहद्दारा एक हजार डलर सहयोग

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक २७ गते १९:०८

ह्युस्टन (टेक्सास) – गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका अध्यक्ष डा. केशब पौडेलले ह्युस्टनमा बन्न लागेको नेपाली सामुदायीक केन्द्र (कम्युनिटी सेन्टर) तथा मन्दिरका लागी ५ हजार डलर (५ लाख रुपैंया भन्दा बढी) सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

आइतबार ह्युस्टनमा नेप्लिज सोसाइटी अफ ह्युस्टनले सामुदायीक केन्द्र तथा मन्दिर निर्माणका लागी स्वामित्व प्राप्त गरेको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनए अमेरिकाका अध्यक्ष डा. पौडेलले सो रकम सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

दोश्रो कार्यकालका लागी अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका बेला अमेरिकाका बिभिन्न शहरहरुमा बन्न लागेका नेपाली सामुदायीक केन्द्र तथा मन्दिर निर्माणका लागी व्यक्तिगत रुपमा १ लाख डलर सहयोग गर्ने घोषणा गर्नुभएका डा. पौडेलले यसअघि न्युयोर्कमा बन्ने सामुदायीक केन्द्रका लागी १० हजार सहयोग गर्ने घोषणा गरिसक्नुभएको छ ।

नेपाली सामुदायीक केन्द्र निर्माण गैर आवासीय नेपाली संघ अमेरिकाको समेत मुख्य एजेण्डा भएकोले आफुले व्यक्तिगत रुपमा सहयोग गर्न लागेको तथा संस्थागत सहयोगका लागी पनि सहयोग गर्ने डा. पौडेलले बताउनुभयो ।

आफुलाई अमेरिकाका बिभिन्न १५ शहरहरुमा नेपाली सामुदायीक केन्द्र तथा मन्दिर निर्माण हुन लागेको जानकारीमा आएको बताउंदै आएका अध्यक्ष डा. पौडेलले एक केन्द्र निर्माणका लागी ५ देखी १० हजार डलर सहयोग गर्ने पुर्ब घोषणा अनुरुप ह्युस्टनमा बन्न लागेको सामुदायीक केन्द्रका लागी ५ हजार डलर सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

यसैगरी गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका बरिष्ठ उपाध्यक्ष शुनिल साहले टेक्सासको ह्युस्टनमा बन्न लागेको नेपाली सामुदायीक केन्द्र तथा मन्दिरका लागी व्यक्तिगत रुपमा एक हजार डलर सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

आइतवार नेप्लिज सोसाइटी अफ ह्युस्टनले सामुदायिक केन्द्र तथा मन्दिर निर्माणका लागी स्वामित्व प्राप्त गरेको अवसरमा आयोजना गरेको कार्यक्रम मार्फत बरिष्ठ उपाध्यक्ष साहले व्यक्तिगत रुपमा एक हजार डलर सहयोग गर्ने घोषणा गर्नु भएको हो ।

नेपालीहरुको बाक्लो उपस्थिती रहेको ह्युस्टनमा बन्न लागेको सामुदायीक केन्द्र तथा मन्दिर निर्माणका लागी सबैको साथ अपरिहार्य रहेको बताउंदै साहले एक हजार डलर आफ्नो तर्फबाट सहयोग रहने र संस्थागत रुपमा सहयोगको पहल गर्ने बताउनुभयो ।

त्यस क्रममा एनआरएनए अमेरिकाका अध्यक्ष डा. केशब पौडेलले सामुदायिक केन्द्र तथा मन्दिर निर्माणका लागी ५ हजार डलर सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।

यस्तै एनआरएनए अमेरिका टेक्सास च्याप्टरका अध्यक्ष भानु खरेलले व्यक्तिगत र च्याप्टरको तर्फबाट सामुदायीक केन्द्र तथा मन्दिर निर्माणका लागी सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *