अमेरिका – गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रका संयोजक (आरसी) गौरीराज जोशीले हटाएका दुई जनाको नाम समेत समाबेस गरेर आइसीसीलाई अर्को पत्र पठाएका छन् ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसी)ले मनोनित गर्ने सदस्यका लागी एनआरएनए राष्ट्रिय समन्वय परिषद अमेरिकाले सिफारिस गरेका तीन जना मध्ये आरसी जोशीले दुई जनाको नाम हटाएर आइसीसीलाई सिफारिस गरेपछि एनआरएनए अमेरिका तथा एनआरएनए अमेरिकाज क्षेत्रका उपसंयोजक (डिआरसी) नबिन शेरचनले असन्तुष्टी जनाएका थिए ।
असन्तुष्ट डिआरसी शेरचनले एनआरएन अमेरिकाको निर्णय सदर गर्दै आइसीसीलाई अर्को पत्र पठाएपछि आरसी र डिआरसी बीच बिबाद बढ्ने सम्भाबनाकाबीच आरसी जोशीले हटाएका दुई जनाको नाम थपेर अर्को पत्र आइसीसीलाई पठाएको बताइएको छ ।
एनआरएनए अमेरिकाले शिब कुमार राई, टिका चौधरी र डा. संजिब सापकोटाको नाम सिफारिस गरेको थियो तर आरसी जोशीले राई र सापकोटाको नाम कटाएर अमेरिकाबाट टिका चौधरी संगै पासाङ लामा, राजन त्रिपाठी, र डा. अजर्ना पाण्डे लामिछानेको नाम सिफारिस गरेपछि डिआरसी लगायत एनआरएनए अमेरिका असन्तुष्ट बनेको थियो ।
हटाएका शिबकुमार राई र डा. संजिब सापकोटाको नाम समाबेस गरेर आरसी जोशीले आइसीसीलाई अर्को पत्र पठाएको एनआरएनए अमेरिकाका महासचिब बिआर लामाले जानकारी दिए ।
महासचिव लामाका अनुसार नाम सिफारिस गर्ने नगर्ने वा कसलाई गर्ने भन्ने अधिकार आरसीको भएपनि एनसीसी संग समन्वय गरेर जांदा अगाडीको यात्रा सहज हुने भएकोले आरसी जोशीले एनसीसीको नाम समाबेस गरेर आइसीसीलाई अर्को पत्र पठाएका हुन् ।
अव आरसी जोशीले आइसीसीलाई आफ्नो क्षेत्रबाट ८ जनाको नाम सिफारिस गरेका छन् अमेरिकाबाट शिब कुमार राई, टिका चौधरी, डा. संजिब सापकोटा, पासाङ लामा, राजन त्रिपाठी, र डा. अजर्ना पाण्डे लामिछाने तथा क्यानडाबाट डा. लक्ष्मी पाठक र अभिमन्य बस्नेतको नाम सिफारिस गरेका हुन् ।
आरसी जोशीले एनआरएन अमेरिकाले सिफारिस गरेका सबै नाम समेटेर आइसीसीलाई पठाएको पत्रको एक नम्बरमा भने आफै छनौट गरेका राजन त्रिपाठी र दुई नम्बरमा पासाङ लामालाई स्थान दिएको स्रोतले बताएको छ ।