न्यूयोर्क । यसबर्षको अग्निबाँण क्रियाशिल राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार किरण मरहठ्ठालाई प्रदान गरिएको छ । पुरस्कारको संस्थापक अग्निबाँण पाक्षिक र शिवपुरि मिडिया नेटवर्कलेले बुधबार एक विज्ञप्ति मार्फत विजयी पत्रकारको नाम घोषणा गरेको हो ।
विगत १० बर्षदेखी प्रकाशन हुदै आएको अग्निबाँण राष्ट्रिय पाक्षिक यसै बर्षदेखि शिवपुरि मिडिया नेटवर्क मार्फत प्रकाशित हुदै आएको छ । हरेक बर्ष नेपालको पत्रकारिताको विकासमा उत्कृष्ट योगदान गरेको एकजना पत्रकारलाइ यो पुरस्कार प्रदान गर्ने गर्दछ । पुरस्कार बापत नगद रु २५ हजार र प्रमाणपत्र प्रदान गरिने छ । गत भदौ १२ गते विभिन्न संचार माध्यममा सुचना जारि गरि पुरस्कारको लागी आवेदन आव्ह्ाँन गरेको थियो । “ प्राप्त आवेदन मध्येबाट, पुरस्कार छनोट समितिले पत्रकार किरण मरहठ्ठालाइ सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको कुरा जानकारि गराउन चाहन्छौँ” शिवपुरि मिडिया नेटवर्कका अध्यक्ष तथा अग्निबाँणका सम्पादक,प्रकाशक रविन प्रसाद थपलियाद्धारा जारि विज्ञप्तिमा उल्लेख छ । मरहठ्ठाले टेलीभिजन कार्यक्रम निर्माण तथा संचालन, रिपोटिगं, स्तम्भलेखन र पुस्तक लेखन मार्फत पत्रकारितामा दिएको विशिष्ट योगदानको मूल्यांकन गर्दै यो पुरस्कार प्रदान गरिएको हो ।
न्यूयोर्कको नेपाली महाबणिज्यदुतावास र अमेरिकी नेपालीहरुको चुनौती र अवसरका बारेमा निर्माण गरेको टेलीभिजन कार्यक्रमलाइ यो पुरस्कार प्रदान गरिएको विज्ञप्तिमा जनाइएको छ । ती कार्यक्रमहरु मार्फत उनले नेपाली समुदायको समस्या समाधानमा महाबाणिज्यदुतावासले खेल्नुपर्ने भूमीका, अमेरिका आएका नेपालीले शुरुमा याहाँको समाजमा समायोजन हुन परेको कठिनाइ, अमेरिकामा नेपालीले पाउन सक्ने विभिन्न सरकारि तथा सामुदायीक अवसरहरु, दोहोरो करप्रणालिले लगानीमा पारेको असर र अमेरिकी मुलधारमा समाहित हुन कसरि सकिन्छ भन्ने बिषयहरु उठाएका थिए । उनको उत्कृष्ट प्रस्तुतीकरण र बिषयले पारेको प्रभावलाइ मुल्यांकन गरि सो पुरस्कार दिइएको थपलियाले बताए ।
बुटवल एफ.एम.बाट करियर आरम्भ गरेका मरहठ्ठा एक अब्बल टेलीभिजन प्रस्तोता हुन् । एबिसी टेलीभिजनका उनी पछिल्लो समय विभिन्न छापा तथा अनलाइन मिडियामा पनि संलग्न छन् । मरहठ्ठा अमेरिकाको द हफपोष्टका स्तम्भकार हुन् । विगत १५ बर्षदेखि पत्रकारितामा सक्रिय उनको अन्तर्वाता कला सम्बन्धी “द होप” नामक पुस्तक प्रकाशित छ । उनले विश्वविख्यात फुटबलर लियोनेल मेसी र बार्सीलोना फुटवल क्लवको बारेमा “मेसी द म्यान एट बार्सा” नामक अन्तराष्ट्रिय बृतचित्र निर्माण गरेका छन् ।