२०८१ वैशाख २० गते | 2nd of May 2024

प्रचण्डपुत्र प्रकाश दाहालको निधन

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर ३ गते २:३७

 काठमाण्डौ । प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । हृदयाघातपछि अस्पतालमा उपचाररत दाहालको आईतबार निधन भएको परिवार श्रोतको भनाई छ । उनको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचार भैरहेको थियो ।
दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । छोराको निधन भएपछि झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै काठमाडौं फर्किँदैछन् ।
त्यसैगरी चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदैछन् ।

अपडेट। प्रकाश दाहाललाई हृदयाघात भएको छ । दाहाललाई अहिले काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचार गरिदै छ ।

दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । हृदयाघातको खबर लगत्तै झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै काठमाडौं फर्किँदैछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *