हार्दिक धन्यवाद !
नेपाली जनसंपर्क समिती अमेरिकाको प्रथम साधारण सभा भब्यता का साथ सम्पन्न भएको छ ।
प्रथम पटक आयोजित ऐतिहासिक उक्त साधारण सभाको आयोजना र ब्यबस्थापन को कार्य गर्न यस् च्याप्टरलाई विश्वाश गरी जिम्मेवारी प्रदान गरेकोमा नेजसस अमेरिकाको केन्द्रिय समितिलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
साधारण सभालाई सफल बनाउन सुरुका दिन देखी समाप्तिको घोषणा नहुन्जेल सम्म एक ढिक्का भएर तन मन र धनले खटनु हुने जनसंपर्क समिती सँग आबद्ध भर्जिनियावासी सम्पूर्ण दिदी बहिनी र दाजुभाइ हरुमा हार्दिक कृतज्ञता ब्यक्त गर्दछु ।

सभालाई सम्पन्न गर्न अमुल्य सहयोग गर्ने स्थानिय संघ संस्था र सामाजिक कार्यकर्ता हरु सबैमा हार्दिक आभार ब्यक्त गर्दछु ।
यो साधारण सभाको सफल समापन सँगै एकता र सहकार्यको उदाहरण भर्जिनियाले प्रस्तुत गरेको छ भन्ने मैले महसुस गरेको छु ।
साधारण सभामा सहभागि हुन बिभिन्न राज्य र च्याप्टर बाट आउनुभएका अग्रजहरु,सल्लाह्कार,च्याप्टर सभापति र प्रतिनिधिज्युहरु केन्द्रिय समितिका सभापति,बरिष्ठ उपसभापती महासचिव लगायत सम्पूर्ण पदाधिकारी र सदस्यज्युहरु सबैलाई हार्दिक आभार ब्यक्त गर्न चाहन्छु ।
हाम्रो निमन्त्रणा लाई स्विकार गरी सहभागि हुनुहुने बिभिन्न संघसंस्था का प्रमुख र प्रतिनिधिज्युहरु सबैमा आभार ब्यक्त गर्न चाहन्छु ।
साधारण सभा को ब्य्बस्थापन र तयारीको सिलसिलामा भएका कार्य र साधारण सभा को दिन का कृयाकलाप हरुलाई आम जन-समुदायसम्म पुरयाउन अहम भूमिका खेल्दै प्रचार प्रसार गरिदिनुहुने सम्पूर्ण संचारकर्मी मित्रहरु र संचार गृह लाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
अमेरिकी संसद का कंग्रेसम्यान श्री रब विट्म्यान,पूर्ब अमेरिकी राजदुत श्री स्कट डेलेसी,भर्जिनिया डेलिगेट श्री बब मार्शल लाई उहाहरुको उपस्थिती र सभालाई सारगर्भित मन्तब्य को निम्ती हार्दिक धन्यवाद ज्ञापन गर्दछु । त्यसैगरि सभाको सफलता को कामना सहित् को सन्देस का निम्ती कंग्रेसओम्यान श्री बारबरा कम्स्टकज्यु लाई पनि धन्यवाद दिन चाहन्छु ।
सभाको प्रमुख अतिथी नेपाल सरकार का माननिय मन्त्री श्री जीवन बहादुर शाही बिशेष अतिथिहरु महामहिम नेपाली राजदुत् श्री अर्जुन कार्की लगायत सबै अतिथीज्यु हरुमा हार्दिक धन्यवाद सहित् आभार ब्यक्त गर्न चाहन्छु ।
अन्तमा नेपाली जनसंपर्क समिती अमेरिकाको प्रथम साधारण सभालाई भब्य र ब्यबस्थित रुपमा सम्पन्न गर्न आआफ्नो स्थान बाट सहयोग गर्दै जिम्मेवारिको भूमिका निर्बाह गर्नुहुने सम्पूर्ण दिदिबहिनी दाजुभाइ र साथीहरुमा हार्दिक आभार सहित् धन्यवाद गर्दछु ।
राम शरण हुमागाइ
सभापति
नेजसस अमेरिका भर्जिनिया च्याप्टर