अमेरीका – अमेरीकामा बिभिन्न जिल्लाबाट आई अमेरीकामा बसोबास गर्नेहरू संगठित हुने क्रममा अब झापाली पनि लागी परेका छन ।
झापाको समग्र गतिबिधिहरूमा सहयोग गर्ने उदेश्यका साथ निकट भबिश्यमै झापाली समाज गठन गरिने जानकारी प्राप्त भएको छ । हुनत संसार भरि छरिएका झापालीहरू बिच भाईचार सदभाब र झापाको बिकासमा सहयोग गर्ने उदेश्यका साथ केहि महिना पहिला अन्तराष्ट्रिय झापाली समाज गठन भैसकेको र त्यसमा अष्ट्रलियामा बस्ने दिनेश पोखरेलको सभापतित्वमा एक कार्य समिति गठन भैसकेको र अमेरीकाबाट बिभिन्न संस्थामा सकृय प्रमोद सिटौला उपाध्क्षय समेत हुनु हुन्छ ।
उहॉका अनुसार झापा जिल्लाबाट अमेरीकामा ठुलो संख्यामा झापालीहरूको उपस्थिति रहेको र संगठित हुन सके झापाको बिकास कला संस्कृति लगायत अप्ठायो पर्दा ठुलो सहयोग गर्ने सकिने कुरालाई ध्यान दिई योगदानमा आधारित गैर राजनितिक संस्था गठन गर्न लागिएको बताउनु भएको छ ।
यस अधि नै बिभिन्न स्टेटहरू भर्जिनिय टेक्सास राज्यहरूमा झापालिहरू संगठित भई पिकनिक साथै सामाजिक कामहरूमा समेत सकृय नै छन ।अब सबैलाई समेटेर अगाडि बड्न November 19 मा कन्फरेन्स कल मिटिड्ग गरि यहि December 19 भित्र तदर्थ समिति गठन गरिने छ ।
उक्त मिटिड्गमा झापालि अग्रज देखि अमेरीका सकृय झापाली सहभागि थिए । क्यालिफोर्नियाबाट शम्भु ढुड्गाना ,मोहन ओलि, अनिल ओलि, दिलिप थापाले जति सक्दो चाडो संगठन निर्माण गर्ने तर्फ अगाडी बड्नु पर्ने बताउनु भएको थियो ।
टेक्सास अस्टिनका समाज सेबि हेम पाठकले समर्थन र प्रतिबद्धता जनाउनु भएको थियो भने अलबामाबाट राम कुमार बिमलीले दायरा बडाउन पनि सक्नु पर्छ भन्नु भएको थियो ।
डालसका NRN ICC सदस्य बेदराज बस्नेतले आफुले अन्तराष्ट्रिय झापालि सम्मेलनमा भाग लिन नसकेकोमा दु ख लागेको भन्दै संगठनको आवश्यक्ता रहेको बताउनु भयो ।
डॉलसकै पर्शुराम दहाल र प्रदिप तिम्लसिनाले हामिले पहिला स्थानिय स्तरमा प्रयास गरेको अब राष्ट्रिय स्तरमै गठन हुन लागेको खुशि ब्यक्त गर्दै जिम्मेवारी समेत लिन तयार भएको बताउनु भयो ।
ठुलो संख्यामा उपस्थित मध्य भर्जिनियाबाट यम सिटौला कबिन्द्र सिटौला उत्सब गौतम कनेटिकटबाट NRNA NCC का उपाध्क्षय राम कुमार सुबेदि ,दिपेन्द्र पोखरेल ,यूबराज पोखरेलले मन्तव्य राख्नु भएको थियो ।
उक्त मिटिड्गलाई अध्यक्ष दिनेश पोखरेलले संबोधन गर्नु भएको थियो भने निलम बिमलिले मिटिड्ग संचालन गर्नु भएको थियो ।
पहिलो मिटिड्ग नै प्रतिष्ठित झापालीहरूको सकृयताले थप उत्साह थपिएको र चाडै नै निकै ठुलो संगठनको रूपमा अमेरीका यो संगठन निर्माण हुने कुरामा आफु ढुक्क रहेको बताउनु हुन्छ, यसका अभियानकर्ताहरू ।