२०८१ जेठ ४ गते | 17th of May 2024

भट्टराईलाई मातृशोक

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर ७ गते १०:२१

टेक्सास । नेपाली जनसम्पर्क समितिका केन्द्रिय सदस्य तथा तरुन दल अमेरिकाका अध्यक्ष ओम भट्टराईलाई मातृशोक परेको छ । भट्टराइकी ममतामयी आमा भद्र कुमारी भट्टराइको ६५ वर्षको उमेरमा निधन भएको छ ।

नेपाली समाज टेक्सासका पुर्ब सदस्य तथा युएसखबर अनलाइनका मेनेजिङ डाइरेक्टर टेक्सासको डालस निवासी समाजसेवी भट्टराइकी ममतामयी आमाको दुखत निधनपछि भट्टराई परिवार शोकमा डुबेको छ ।

अमेरिकाको नेपाली डायस्पोराका बिभिन्न व्यक्ति तथा संघ संस्थाहरुले भट्टराइकी आमाको निधन प्रति गहिरो दुख व्यक्त गर्दै समबेदना प्रकट गरिरहेका छन् ।

हाम्रो तर्फबाट पनि शोकाकुल परिवारजन प्रति गहिरो दुख व्यक्त गर्दै हार्दिक समबेदना प्रकट गर्दछौं ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *